मन्त्री न्यौपानेले चुरेभावर भजाएको आरोप

१२ भाद्र २०६९, मंगलवार १३:३१ मा प्रकाशित


काठमाडौं, १२ भदौ । पार्टीले निष्काशन गरिसकेपछि पनि पार्टीको नाममा पत्रकार सम्मेलन गर्दै हिंडेको भन्दै महिला बालबालिका मन्त्री बद्री न्यौपानेको अर्को पक्षले निन्दा गरेको छ । चुरेभावर राष्ट्रिय एकता पार्टीबाट मन्त्री बनाइएका न्यौपानेका विवादास्पद क्रियाकलापका कारण सो पार्टीमा फेरि विवाद सुरु भएको छ ।
मन्त्री न्यौपानले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ुसमग्र मधेस एक प्रदेश नहुनेु विषयमा सहमति भएपछि मात्रै आफ्नो दल सत्तारूढ २१ दलको गठबन्धनमा सहभागी भएको धारणा राखेका थिए ।
ुपार्टीबाट निष्कासित भए पनि सोही नाम र झन्डा दुरुपयोग गर्दै मन्त्री न्यौपाने र हिमालयभक्त प्रधानांगले पत्रकार सम्मेलन गरेकोु भन्दै कार्यवाहक अध्यक्ष शिवप्रसाद तामाङ र महासचिव भूमिराज निरौलाले विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । तामाङ र निरौलाले प्रकाशित गरेको विज्ञप्तिमा भ्रष्टाचारमा लिप्त रहेको आरोपमा न्यौपाने र प्रधानांगलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको उल्लेख छ । २१ र २२ भदौमा पार्टीको दोस्रो विशेष महाधिवेशनको तयारीमा जुटिरहेका बेला मन्त्री न्यौपानेले पार्टीको नाम र झन्डा दुरुपयोग गरी भ्रमको खेती गरिरहेको भन्दै तामाङ र निरौलाले त्यस्तो गतिविधि नगर्न चेतावनी दिएका छन् ।
मन्त्री न्यौपानेले चुरेभावर राष्ट्रिय एकता पार्टीको केन्द्रीय भेलाको निर्णय सार्वजनिक गर्न भन्दै आइतबार पत्रकार सम्मेलन गरी पहिचानयुक्त संघीयता र संघीयता सहितको संविधानको पक्षमा आफ्नो पार्टी रहेको बताएका थिए । उनले भने आफू पार्टीमै रहेको र पार्टीविरुद्ध प्रकाशित समाचार भ्रामक भन्दै त्यसका पछि नलाग्न आग्रह गरेका थिए । न्यौपानेले भने पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन २०७० साल जेठ २५, २६ र २७ सम्म काठमाडौंमा गर्ने निर्णय भएको आइतबार बताएका थिए । उनले पार्टीबाट निष्कासित निरौला, तामाङ र श्याम श्रेष्ठ भनिने हेमनारायण श्रेष्ठले कथित महाधिवेशन गर्ने भनेर भ्रम फैलाएको समेत बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार