साहित्यकार, कृषक र असल गृहिणीलाई लाल–भागीरथा पुरस्कार

५ मंसिर २०७७, शुक्रबार १२:२९ मा प्रकाशित

लाल–भागीरथा बानियाँ प्रतिष्ठानले साहित्य, कृषि र असल संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु-याउने तीन प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । छन्दोबद्ध महाकाव्यलगायत दर्जनौँ कृति प्रकाशन गरिसक्नुभएका कनकाई नगरपालिका–३ का साहित्यकार मित्रप्रसाद दाहाललाई ‘लाल भागीरथा बानियाँ उत्कृष्ट प्रतिभा पुरस्कार’ प्रदान गरिनेछ ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँका अनुसार प्राङ्गारिक कृषिका क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै आउनुभएका मेचीनगर नगरपालिका–१४ निवासी डिल्ली खतिवडालाई ‘लाल भागीरथा बानियाँ स्मृति कृषि पुरस्कार’ र सन्तानलाई असल संस्कार दिएर सुखी र समृद्ध परिवार निर्माणमा योगदान दिएवापत अर्जुनधारा निवासी यशोदा बराललाई ‘लाल भागीरथा बानियाँ असल गृहिणी पुरस्कार’ले सम्मान गरिनेछ ।

ती पुरस्कार रु ३१ हजार नगदराशिको हुने छ । यही मङ्सिर २० गते प्रतिष्ठानको कार्यालय मेचीनगर –११ धाइजनमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने अध्यक्ष बानियाँले बताउनुभयो । प्रतिष्ठानले गत वर्षदेखि स्थानीय प्रतिभाको खोजी गरी पुरस्कृत गर्दै आएको हो । गत वर्ष सामाजिक सेवातर्फ मेची बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख कमल गुरागाईँ, कृषि विज्ञानतर्फ भद्रपुर नगरपालिका–१० का भीम कुँवर र असल गृहिणीतर्फ मेचीनगर नगरपालिका–१० की नीतु सुवेदीलाई पुरस्कृत गरिएको थियो । राजनीतिक, शैक्षिक र सहकारी क्षेत्रका झापाका अगुवा हरिचरण र उहाँका दाजुभाइले पिता स्व लालबहादुर र माता स्व भागीरथाका स्मृतिमा हरेक वर्ष तीन प्रतिभालाई पुरस्कृत गर्ने गरी रु १० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो