प्रचण्डले फेरि दिए सहमतिको आश्वासन

१२ भाद्र २०६९, मंगलवार १०:३३ मा प्रकाशित

काठमाडौं, १२ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज राष्ट्रपति डा. रामवरण यादवसंग भेटवार्ता गरेका छन् । भेटका क्रममा अध्यक्ष दाहालले राजनीतिक दलहरुसंग छलफल जारी राख्ने बताउंदै राष्ट्रपतिसमक्ष केही दिनमै सहमति जुट्ने आश्वासन दिएको बुझिएको छ ।
देशलाई राजनीतिक निकास दिन चाँडो सहमित जुटाउन राष्ट्रपितले दाहालसँग आग्रह गरेका छन् भने पछिल्लो समय दलहरुबीच भएको छलफल सकारात्मक भएको राष्ट्रपति यादवले बताएका छन् ।
यसैगरी अध्यक्ष दाहालले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग पनि आज बिहानै भेटवार्ता गरेका थिए । कोइराला निवास महाराजगञ्जमा भएको छलफलमा प्रमुख दलहरुबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको बताइएको छ । भेटपछि अध्यक्ष प्रचण्डले भोली प्रमुख तीनदलको बैठक बोलाएर सहमितका लागि प्रयास गर्ने जानकारी पनि दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट

गोरखा । चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका ७५३ स्थानीय

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

आजको प्रमुख समाचार