राष्ट्रपति हटाउन सेक्स हडतालको आह्वान

१२ भाद्र २०६९, मंगलवार १०:२० मा प्रकाशित


काठमाडौं, १२ भदौ । अफ्रिकी मुलुक टोगोका राजनीतिमा सक्रिय महिलाहरुले राष्ट्रपतिको राजीनामा माग्दै सात दिन यौन सम्बन्ध नराख्ने सेक्सहडतालमा सरिक हुन आम महिलालाई आह्वान गरेका छन् । राष्ट्रपति हटाउने अनौठो आन्दोलन उद्घोष गर्दै त्यहांको नागरिक अधिकार समूहअन्तर्गत ुटोगो बचाऊु समूहकी महिला नेतृ इसाबेल आमेगानभीले महिलाहरूलाई आफ्ना पति वा यौन पार्टनरसँग सोमबारबाट एक सातासम्म सेक्स नगर्न आग्रह गर्ने बताइन्। उनले यस हड्तालले टोगोका पुरुषहरूलाई राष्ट्रपति फाउरे ग्नासिङबेविरुद्ध आन्दोलन गर्न दबाब दिने विश्वास गरेकी छन्। पेसाले कानुन व्यवसायी आमेगानभीले लाइबेरियाका महिलाहरूले २००३ को शान्ति अभियानमा प्रयोग गरेका सेक्स हडतालकै आफूहरुले अनुकरण गरेको जनाइन्।
राजधानी लोमेमा शनिबार आयोजित हजारौं महिलाको रयालीमा सेक्सहडताल घोषणा गरिएको थियो। अक्टोबरमा हुन लागेको संसदीय निर्वाचनमा ग्नासिङवेको पार्टीलाई पुनः विजयी गराउने गरी हालै भएको निर्वाचन सुधारविरुद्धको एउटा गठबन्धनले विरोध प्रदर्शन आयोजना गरेको थियो।
३८ वर्षदेखि पश्चिम अफ्रिकी मुलुक टोगोमा शासन गर्दै आएका बाबु इयाडेमा ग्नासिङवेको २००५ मा निधन भएपछि ग्नासिङवे सत्तामा आएका हुन्। ग्नासिङवे र उनकी पत्नीले भने सेक्स हडतालबारे कुनै प्रतिक्रिया दिएका छैनन्। हालै भएका दुई ग्नासिङवेविरोधी प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरी तितरबितर पार्नुका साथै एक सयजनालाई गिरफ्तार गरेको थियो। शान्तिपूर्वक सम्पन्न शनिबारको रयालीमा विपक्षी परिवर्तनका लागि राष्ट्रिय गठबन्धन पार्टीका नेता जिन पियरे फाबरेले ग्नासिङको राजीनामा मागेका थिए। अन्य विपक्षी नेताले पनि नागरिक अवज्ञाका निम्ति आह्वान गरेका थिए।
६० लाखजति जनसंख्या भएको यो सानो मुलुकमा अहिले सेक्सहडताल आम चर्चाको विषय बनिरहेको छ। जेलमा रहेका बालबालिकालाई मुक्त गराउन सेक्स हडतालमा भाग लिनु राम्रो हो, अबला तामेकोलेले भनिन्, मेरानिम्ति यो भोकहडतालजस्तै हो, भोकै नबसी तपाईंले चाहेको कुरा भगवानबाट प्राप्त गर्न सक्नुहुन्न।
अर्की टोग्लिस महिलाले सेक्स हडताललाई समर्थन गर्ने बताइन्, तर उनले साताभरि यसलाई निरन्तरता दिनेबारे निश्चिन्त हुन चाहिनन् । ुहामीले सेक्स हडतालमा भाग लिनुपर्छ भन्नेमा म सहमत छु, तर मेरा पतिले यसलाई पूरा गर्न दिने छैनन् भन्ने मलाई थाहा छ। सुरुमा उनले यसमा सहमति जाहेर गर्न सक्छन्, तर मैले जहाँसम्म उनलाई चिनेकी छु, तिनी रातारात परिवर्तन हुनेछन्,ु जुडिथ अगबेटोग्लोले भनिन्, ुत्यसकारण मैले साताभरि नै सेक्स हडतालमा भाग लिन्छु भन्ने विश्वास गर्न सक्दिनँ। अन्यथा उनीसँग मेरो गम्भीर मतभेद हुनेछ। उनी त्यो असाध्यै चाहन्छन्।ु
तथापि सेक्स हडतालले धेरै महिलालाई खुसी पारेको महसुस गर्न सकिन्छ, तर ग्नासिङ्वेविरोधी विपक्षी पार्टीका प्रमुखका साथै मानवअधिकार समूहलाई यो सफल हुन्छ भन्ने विश्वास छैन।
ुएक साताको सेक्स हडताल ज्यादति हो,ु परिवर्तनका लागि राष्ट्रिय गठबन्धनका फाबरेले प्रदर्शनको भीडमा हाँस्दै समय छोट्ट्याउन सुझाव दिएका थिए।
ुउनी अविवाहित भएका कारण उनका निम्ति यसो भन्नु सहज छ। उनी घरमा पुरुषसँग बस्दिनन्,ु टोग्लिस पत्रकार एकुए ब्लामेले भनिन्, ुपतिसँग बसिरहेका महिलाले यसको पालना गर्न सक्लान् भन्ने उनी ठान्छिन्रु कुन जोडीले बन्दकोठाभित्र के गरे भन्ने कसले नियन्त्रण गर्न सक्छ ?

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले

श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापाक्षविरुद्धको अविश्वास प्रस्तावमाथि मङ्गलबार संसदमा भएको मतदानमा ११९ सांसदले विपक्षमा मतदान गरेका छन्। यससँगै विपक्षीले राष्ट्रपतिविरूद्ध पेश

महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै

काबुल । अफगानिस्तानमा तत्कालीन तालिबान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झन्डै नौ लाख मानिसले जागिर गुमाएका छन् । अफगानिस्तानको पुनर्निर्माणका