धौलागिरी अस्पतालमा शरीर जोडिएका शिशु जन्मदै मृत

३ मंसिर २०७७, बुधबार १३:११ मा प्रकाशित

धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएका (कन्ज्वाइन्ड टुइन्स) दुई शिशुको जन्म भएको छ । पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीय अनिता विकले मंगलबार धौलागिरी अस्पताल बागलुङमा शरीर जोडिएको दुई बच्चालाई जन्म दिनुभएको हो ।

पर्वत अस्पतालबाट बिहान ४ बजे रिफर भएर अस्पताल आएकी विकले बिहान ६ बजेर १० मिनेटमा बच्चालाई जन्म दिएको अस्पतालकी नर्स देवी भट्टराईले जानकारी दिनुभयो ।

शिशुहरू जन्मदै मृत्त भए पनि आमाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । गर्भवती अवस्थामा भिडियो एक्सरे र रगत जाँच जस्ता स्वास्थ्य परीक्षाण नगरेको हुँदा बच्चाको पूर्व अवस्था थाहा नभएको नर्स भट्टराई को भनाइ छ ।

‘उहाँले पहिले भिडियो एक्सरे र रगत जाँच गराउनुभएको रहेनछ,’ भट्टराईले भन्नुभयो–‘पर्वत अस्पतालले रिफर गरेको भएकाले हामीले नर्मल सुुत्केरी गराएको हौं । बच्चा जन्मदा नै मृत्त थिए । आमाको अवस्था सामान्य छ र उहाँ अस्पतालबाट डिस्चार्ज भइ घर फर्किनुभएको छ । यस शरीरका अङ्ग जाेडिएका बालबालिका जन्मने घटना चिकित्सा विज्ञानमा विरलै हुने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका