प्रधानमन्त्री भोली तेहरान प्रस्थान गर्दै

१२ भाद्र २०६९, मंगलवार ०६:४४ मा प्रकाशित


काठमाडौं, १२ भदौ । इरानको तेहरानमा आयोजना हुने असंलग्न आन्दोलनको सोह्रौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बाबुराम भट्टराई भोली बुधबार त्यसतर्फ लाग्ने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार बिहीबार सुरु हुने दुईदिने सम्मेलनमा प्रधानमन्त्री भट्टराईले विश्वव्यापी साझा सुशासनद्वारा दिगो शान्ति विषयमा नेपालको धारणा राख्ने छन् ।

मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भनेसोमबारै इरान प्रस्थान गरिसकेका छन् । आज मंगलबार मन्त्रीस्तरीय बैठक सुरु हुनेछ । अमेरिका, बेलायतलगायत पश्चिमेली राष्ट्रले उक्त सम्मेलनमा नेपालको सहभागिता नहोस् भन्ने चाहेका अभिव्यक्ति दिंदै परराष्ट्रमन्त्री श्रेष्ठले सार्वभौम र स्वतन्त्र मुलुकको कूटनीतिक मान्यताअनुसार सम्मेलनमा भाग लिन लागिएको जनाए ।
सम्मेलनमा न्युयोर्कस्थित राष्ट्रसंघीय नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य, इरान मामला हेर्ने इस्लामावादस्थित राजदूत भरतराज पौड्याल, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई, शिष्टाचार महापाल निरन्जनमान सिंह बस्न्यातलगायत सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिकास्तरीय निर्वाचनमा नवलपरासीमा महामन्त्री डा.शशांक कोइराला र नेता देवेन्द्रराज कँडेलको वर्चश्व देखिएको छ ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लगिने तयारी भएको छ । लामो समयदेखि जण्डिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन