चिनियाँ व्यापारीले १६ लाख युरोमा खरिद गरे एउटा परेवा

२ मंसिर २०७७, मंगलवार ११:०१ मा प्रकाशित

काठमाडौं । एउटा परेवाको मूल्य कति होलो ? ५ सय वा बढीमा १५ सयसम्म हुन सक्छ । तर आम नेपालीको बुझाई विपरित बेल्जियमको एउटा रेसिङ परेवाको (परेवा उडाउने प्रतिस्पर्धामा सामेल गरिने परेवा) दाम सुन्दा आश्चर्य लाग्न सक्छ । तर वास्तविकता त्यही हो जुन परेवालाई १६ लाख युरोमा बिक्री गरिएको छ । खरिद गरेका छन् एक जना चिनियाँ व्यापारीले । हालसम्मकै उच्च रकममा उनले खरिद गरेका हुन् ।

न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा मात्र २०० युरोमा बोलकबोलका लागि राखिएको थियो समाचार संस्था वीवीसीले जानकारी दिएको छ । त्यो परेवा पाल्ने कर्ट भान् ड वीवको परिवार उक्त समाचारले “आश्चर्यचकित“ भएको रोयटर्स समाचार संस्थाले जनाएको छ । यसअघि एउटा चार वर्षको भाले परेवाले रेसिङ परेवा बिक्रीमा कीर्तिमान् राखेको थियो । त्यो परेवा १२ लाख ५० हजार युरोमा बिक्री भएको थियो ।
न्यू किमले सन् २०१८ मा राष्ट्रिय मध्यम दूरी रेससहित कैयौँ प्रतिस्पर्धाहरू जितेको थियो। तर त्यसपछि उ निवृत्त भएको थियो । अर्मान्डोकै जस्तो न्यू किमलाई पनि दुईजना चिनियाँ खरिदकर्ता बीचको बोलकबोल युद्धपश्चात् एकजनाले किनिएको हो । चीनमा पछिल्ला वर्षहरूमा परेवा रेसले लोकप्रियता कमाइ रहेको छ । न्यू किमका नयाँ मालिकले पनि उसलाई बच्चा जन्माउनका लागि प्रयोग गर्ने ठानिएको छ ।

लिलामी केन्द्र पिपाका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत निकोलास गाइजलब्रेक्टले रोयटर्सलाई भनेका छन्, “यो कीर्तिमानी मूल्य विश्वासै गर्न नसकिने खालको छ किनकि यो परेवा पोथी हो ।“ सामान्यतयाः पोथीभन्दा भालेको धेरै मूल्य हुन्छ, किनभने भालेले धेरै वंश विस्तार गर्न सक्छ ।“

उनका अनुसार बेल्जियम लामो समयदेखि परेवा प्रेमीहरुको घर बनेको छ । त्यहाँ २० हजारसम्म परेवा प्रजनन् गराउनेहरू छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र