कोरोनाविरुद्धको भ्याक्सिन: कहिले आउँछ, कति पर्छ ?

१ मंसिर २०७७, सोमबार १८:२७ मा प्रकाशित

लन्डन । विश्वभर ५ करोडभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट प्रभावित छन् । कोरोनाको संक्रमणबाट सबैभन्दा प्रभावित मुलुक अमेरिका भएको छ । विश्वमा सक्रिय संक्रमितको संख्या नै १ करोड ५३ लाख ४९ हजारभन्दा बढी छ,उनीहरु आ–आप्नो देशमा उपचार गरिरहेका छन् ।

रुसले स्पुत्निक–भी खोपले बिरामीहरूको रोगप्रतिरोधी प्रतिक्रिया उत्पन्न गराएको भन्दै अन्तिम चरणको परीक्षण जारी रहँदै सर्वसाधारणलाई खोप उपलब्ध गराएकाले पनि रुसमा संक्रमण घटेको छैन, बढेकै छ । १४ कराड ५९ लाख ५७ हजार ९६३ जनसंख्या रहेको रुसमा सोमबार बिहान ६.२० बजेसम्ममा १९ लाख २५ हजार ८२५ जना संक्रमित पुगेका छन् । रुसमा ३३ हजार १८६ जनाको कोरोनाको संक्रमणबाट निधन भैसकेको छ । सक्रिय संक्रमितको संख्या ४ लाख ५२ हजार ६५४ छ ।

चीनले आफूले खोप विकासमा सफलता पाएको र त्यो खोप देशको सेनालाई दिइएको जनाएको छ । करबि १ अर्ब ४४ लाख जनसंख्या रहेको चीनमा ३ सय ८५ जना मात्र सक्रिय संक्रमित छन् । चीनले भने भ्याक्सिनमा केही हदसम्म सफलता पाएको छ । ८६ हजार ३३८ कुल संक्रमितमध्ये ८१ हजार ३१९ जनालाई निको भैसकेको छ भने ४ हजार ६३४ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भैसकेको छ ।

दुवै खोपलाई विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले भने तेश्रो चरणको परीक्षण सूचीमा राखेको छैन र उनीहरूको द्रुत विकासलाई लिएर आशङ्काहरू खडा गरिएकोे छ । परीक्षणमा अघि रहेका भनिएको केही खोपले यसै वर्षको अन्त्यसम्म अनुमति पाउने छन् भनिएको छ । तर डब्लूएचओले सन् २०२१ को मध्यअघि बृहत् रूपमा खोप लगाउने काम अघि नबढ्ने बताएको छ ।

फिजर र बायोएनटेकले प्रारम्भिक विश्लेषणले आफूहरूले बनाएको खोपले ९० प्रतिशतभन्दा बढी मानिसहरूलाई कोभिड–१९ बाट जोगाउने बताउँदै नोभेम्बरको अन्त्यमा खोपको प्रयोगका लागि आपत्कालीन अनुमति माग्दै निवेदन दिने बताएका छन् । फिजरले यस वर्षको अन्त्यसम्म पाँच करोड मात्रा र अर्को वर्षको अन्त्यसम्म एक अर्ब ३० करोड मात्रा खोप बनाउने बताएको छ ।

अक्सफर्ड विश्वविद्यालयले विकास गरेर अनुसन्धानकै चरणमा रहेको खोप उत्पादनको अनुमति ब्रिटेनको औषधि उत्पादक एष्ट्राजेनेकाले लिएको छ । उसले विश्वव्यापी उत्पादन क्षमता विस्तार गर्दै परीक्षण सफल भए विश्वलाई दुई अर्ब र यूकेलाई १० करोड खोप आपूर्ति गर्ने बताएको छ । डब्लूएचओले पनि पैसा तिर्न सक्नेले मात्र नभई सबै देशले खोपमा समान पहुँच पाउनुपर्ने बताएको छ । डब्लूएचओले महमारी नियन्त्रण समूह सेपी र सङ्घसंस्थाहरूको खोपको गठबन्धन गाभीसँग मिलेर सबैलाई समान पहुँच दिलाउने प्रयास गरिरहेको छ ।

सन् २०२० को अन्त्यसम्ममा दुई अर्ब डलर जुटाउने लक्ष्य राखेर संसारभर खोप वितरण गर्न अघि बढाइएको कोभ्यास खोप अभियानमा ९४ वटा धनी देशले सहभागीता जनाइसकेका छन् ।

कोभ्याक्समा श्रोत जुटाएर सहभागीले कम आय भएका अफ्रिका, एशिया र ल्याटीन अमेरिकाका देशहरूमा बराबर हैसियतमा खोपमा पहुँच दिलाउने अपेक्षा गरिएको छ । यो अभियानले कैयौँ खोप अनुसन्धान र उत्पादनलाई श्रोत जुटाउन मद्दत गरिरहेको छ ।

खोपको मूल्य कति पर्छ ?
फर्मास्युटीकल कम्पनी मोडेर्नाले सम्भावित खोप प्रतिमात्रा ३२ देखि ३७ डलर सम्भावित खोप बिक्री गर्ने बताएको छ । एस्ट्राजेनेकाले भने महामारीको समयमा केही डलर मूल्यमा त्यसलाई बेच्ने बताइरहेको छ । परिमाणको हिसाबले संसारको सबैभन्दा ठूलो खोप निर्माता भारतको सिरम इन्स्टिच्यूट अफ इण्डिया एसएसआईले प्रतिखोप तीन डलर बिक्री गर्ने बताइरहेको छ ।

खोप कसलाई पहिले ?
सुरुमा सीमित आपूर्ति हुने हुँदा मृत्यु घटाउन र स्वास्थ्य सेवा जोगाउने विषयले प्राथमिकता पाउने देखिन्छ । गाभीले मध्यम र कम आय भएका देशलाई सुरुमा उनीहरूको जनसङ्ख्याको तीन प्रतिशतलाई पुग्ने खोप दिने भनेको छ । त्यसले स्वास्थ्यकर्मी र समाजिक स्याहारमा खटिने व्यक्तिहरूलाई समेट्छ । थप खोप उत्पादन भइरहँदा २० प्रतिशत आपूर्ति गर्ने भनिएको छ, जसमा ६५ वर्ष नाघेका व्यक्तिहरू र जोखिममा रहेका समूहहरू प्रथमिकतामा पर्नेछन् ।

सबै देशहरूले २० प्रतिशत खोप पाइसकेपछि देश अनुसारको जोखिमको अवस्था र कोभिड–१९ को चुनौती हेरेर थप खोप वितरण गरिनेछ । अझै पनि यस विषयमा वार्ता चलिरहेको छ ।

चरम महामारी वा अरू हिसाबले पहुँच पाउन नसक्ने शरणार्थीजस्ता वर्गलाई लक्षित गरी सम्भावित खराब अवस्थालाई ध्यान दिएर उपलब्धमध्ये करिब पाँच प्रतिशत खोप अलग्गै राख्ने पनि भनिएको छ । खोपलाई तापक्रम मिलाएर भण्डारण गर्नुपर्ने र हाल परीक्षणमा रहेका खोपका विभिन्न मापदण्ड रहेकाले चिसो कायम राख्ने उपकरणहरू जुटाउने चुनौती पनि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक