भालुको पित्तको कारोवारी पक्राउ

१२ भाद्र २०६९, मंगलवार ०६:३५ मा प्रकाशित

काठमाडौं, १२ भदौ । भालुको पित्तको अवैध कारोबारमा संलग्न दुई व्यक्तिलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियमन र नियन्त्रण गर्ने महासन्धिको अनुसूचीमा उल्लेख भएका वन्यजन्तु अवैध रुपमा बिक्री बितरण गरेको’ अपराधअन्तर्गत पक्राउ पर्नेहरुमा ललितपुर गोटीखेलका ६१ बर्षीय ओलकबहादुर घिमिरे र मोरङ दुलारी–९ घरभई हाल काठमाडौँ बस्ने ५२ बर्षीय धनिलाल राई रहेका छन् । उनीहरुलाई कारोबारका लागि विशेष सक्रिय रहेको अवस्थामा तिलगंगा स्थित हिमालय गेष्ट हाउसबाट भालुको पित्तसहित प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । उनीहरुबाट भालुको पित्त दुई थान र भालुको नङग्रा एउटासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको