कृतिम तरिकाले मूल्य बढाउने र कालाबजारीलाई कडा कारबाहीको तयारी

१२ भाद्र २०६९, मंगलवार ०६:३३ मा प्रकाशित

काठमाडौं, १२ भदौ । महंगी र कृत्रिम अभाव अस्वाभाविक रुपमा बढेपछि मुल्यवृद्धि नियन्त्रण गर्न सरकारले बजारमा हस्तक्षेपकारी नीति अख्तियार गर्ने भएको छ । खाद्य सामग्रीको मूल्य आमजनताले धान्नै नसक्नेगरी अकासिएपछि सरकारलाई अनुगमनका लागि दबाब परेको हो ।
सोमबार सिंहदरबारमा सरोकारवाला निकायसंगको छलफलमा प्रधानमन्त्री बाबुराम भट्टराईले अनुगमन प्रभावकारी बनाउन निर्देशन दिंदै कालोबजारी नियन्त्रणका लागि भएका नियम–कानुनको कार्यान्वयनमा जोड दिंदै त्यस कार्यमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिए । उनले चाडबाडका बेला सहज र सुलभ मूल्यमा उपभोग्य सामग्री सर्वसाधारणलाई उपलब्ध गराउन सहरी क्षेत्रमा घुम्ती पसल र विकट क्षेत्रमा अनुदानको व्यवस्था मिलाइने बताए ।
त्यस अवसरमा मूख्य सचिव लीलामणि पौडेलले सरकारी स्वामित्वका साल्ट ट्रेडिङ र नेसनल ट्रेडिङलाई अधिकतम ७५ रुपैयां किलोमा चिनी उपलब्ध गराउन निर्देशन दिए । बजारमा केही समय यता चिनीको मूल्य ९० रुपैयांसम्म पुगेको छ । चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले चिनीको मूल्यवृद्धि कृत्रिम रहेको बताएका थिए । वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद विडारीले प्रशासन, प्रहरीसहितको अनुगमन टोलीले बजारमा अनुगमन थालिएको जानकारी दिंदै भने– ‘ठूला ब्यापारीका गोदाममै अनुगमन गर्नेछौं, दोषी देखिए कडा कारबाही हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ