अध्ययन भन्छ, जीवनमा ९ वर्ष मोबाइल हेरेर बित्दछ

१ मंसिर २०७७, सोमबार १०:४२ मा प्रकाशित

सायद तपाईं हामीमध्ये धेरै जनाले दिउसो तथा रातमा समेत मोबाइल फोन खेलाएर धेरै समय बिताउँदछौँ । आखिर मान्छेले आफ्नो जीवनकालमा ठ्याक्कै कति समय मोबाइल फोनको स्क्रिनमा हेरेर बिताउँछ होला ? हालैको एउटा अध्ययनले निकै रोचक तथ्य पत्ता लगाएको छ ।

मोबाइल फोनको तुलनात्मक विश्लेषण गर्ने वेबसाइट ह्विस्सलआउटले गरेको अध्ययन अनुसार अमेरिकीहरुले औषतमा आफ्नो जीवनकालमा झण्डै ९ वर्ष मोबाइल फोन चलाएर बिताउँदछन् ।

अध्ययन अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा जन्मिएका अमेरिकीहरुले मोबाइल फोनमा सबैभन्दा धेरै समय बिताउँदछन् । उक्त उमेर समूहका अमेरिकीहरुले दैनिक ३.७ घण्टा मोबाइल फोनमै बिताउने गरेको अध्ययनले देखाएको छ । जबकी १९४६ देखि १९६४ को बीचमा जन्मिएका अमेरिकीहरुले सबैभन्दा कम अर्थात् दैनिक औषतमा साढे २ घण्टा मोबाइल फोनमा बिताउँदछन्।

पछिल्लो समय कोरोना भाइरस महामारीका कारण धेरै मानिसहरु घरमै बस्न वा घरबाटै अनलाइनमा काम गर्न बाध्य बनिरहेको बेला मानिसहरुमा मोबाइल फोन तथा ल्यापटप लगायतका ग्याजेट चलाउने दरमा तीव्र बढोत्तरी भैरहेको छ । तर मानिसहरुमा प्रविधिको लत महामारीभन्दा अगाडिबाटै बसिसकेको थियो । खासगरी मोबाइल फोन दैनिक जीवनको अभिन्न अंग बनेसँगै मानिसहरुमा फोनको लत समस्यको रुपमा खडा भएको शोधकर्ताको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ