माइक्रोसफ्ट टिम्समा अब एकैपटक १००० जना जोडिन सक्ने

१ मंसिर २०७७, सोमबार १०:४१ मा प्रकाशित

लोकप्रिय भिडियो कन्फ्रे न्सिङ प्लाटर्फम माइक्रोसफ्ट टिम्समा अहिले अधिकतम ३ सय जना मानिसले एकैपटक जोडिएर भिडियो कन्फ्रेन्सिङमा सहभागी हुन सक्दछन् ।

तर महामारीका कारण विश्वमा बढिरहेको भिडियो कन्फ्रे न्सिङको दरलाई मध्यनजर गर्दै माइक्रोसफ्ट कम्पनीले आफ्नो भिडियो कन्फ्रेन्सिङ प्लाटर्फममा सहभागीको संख्या बढाउने तयारी गरेको छ । जस अनुसार अब निकट भविष्यमा माइक्रोसफ्ट टिम्समा एकैपटकमा १ हजार जना सहभागी भएर भिडियो कन्फ्रेन्सिङ गर्न सक्नेछन् ।

आफ्नो ०००० योजना अन्तर्गत कम्पनीले यस्तो खुलासा गरेको हो । जसमा कम्पनीले भनेको छ, ‘अब १ हजार जना सम्म सहभागी भएर अन्तरक्रियात्मक बैठक गर्नुस् ।’

यद्यपि माइक्रोसफ्ट टिम्समा सहभागी संख्याको सीमा कहिले बढ्ने भन्ने मिति टुंगो लागिसकेको छैन । गत जुलाई देखि नै तयारी सुरु गरिएको यो फिचर आगामी डिसेम्बरमा लञ्च हुने अपेक्षा गरिएको छ ।

गत अगष्टमा माइक्रोसफ्टले नयाँ उच्चस्तरीय सञ्चार योजनाको घोषणा गर्दै माइक्रोसफ्ट ३६५ तथा अफिस ३६५ का सशुल्क प्रयोगकर्ताले लाइभ इभेन्टमा २० हजारसम्म सहभागी माइक्रोसफ्ट टिम्समा जोडिनसक्ने फिचर सुरु गरेको थियो ।

माइक्रोसफ्ट कम्पनीका सीईओ सत्य नादेलाले गत हप्ता एक घोषणा गर्दै माइक्रोसफ्ट टिम्सका दैनिक प्रयोगकर्ता ११ करोड ५० लाख रहेको जानकारी दिएका थिए । उनका अनुसार माइक्रोसफ्ट टिम्समा अहिले दैनिक ३० अर्ब मिनेट अन्तरक्रिया हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ