‘बाधा हाले मोर्चा सडकमा उत्रिन्छ’

१२ भाद्र २०६९, मंगलवार ०६:२३ मा प्रकाशित

काठमाडौं, १२ भदौ । मधेशी मोर्चा र माओवादीसहितको नवगठित मोर्चालाई सडक आन्दोलनका लागि उपयोग गरिने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रस्ट्याएका छन् । पार्टीको अवध राज्यस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि सोमबार बुटवल पुगेका आएका दाहालले मुलुकको गहिरिंदो राजनैतिक संकटको निकासका लागि दलहरुबीच सकारात्मक संवाद शुरु भएको उल्लेख गर्दै भने– ‘कांग्रेस र एमालेले सहमतिमा बाधा हाल्न खोजे मोर्चा सडकमा उत्रिएर उनीहरुलाई तह लगाउनेछ ।’
क्रान्तिकारी पत्रकार संघले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले भने– ‘आपसी विवाद र असमझदारीका बीच दलहरु बीच सहमतिको चक्र शुरु भएको छ, सबैले सहमतिको पहलकदमीलाई साथ दिए केही दिनमै दलहरुबीच सहमति हुन्छ ।’
दाहालले विभाजनको केही महिनामै किरणजीको पार्टी राजनैतिक लक्ष्य स्पष्ट नहुंदा बीचमै अलमलिएको दाबी गर्दै इमान्दार कार्यकर्तालाई पार्टीमा फर्काएर काममा लगाउन कञ्जुस्याइं गर्न नहुने बताए । पार्टी विभाजनले केही अप्ठेरो लागे पनि कुनै असर नगर्ने भएकोले आत्मबल उच्च राख्न कार्यकर्तालाई उनले निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल