शान्ति संविधान छाडेर विदेश भ्रमण गर्ने नेताहरुको विदेश भ्रमण स्थगित

३ चैत्र २०६८, शुक्रबार ०६:२५ मा प्रकाशित

काठमाडौ, ३ चैत । नागरिक समाज तथा बिभिन्न सरोकारवाला निकायले विरोध जनाएपछि मुख्य राजनीतिक दलका नेताहरुले स्वीटजरल्याण्ड जाने कार्यक्रम स्थगीत गरेका छन् । शान्ति र संविधान निर्माणमा लाग्नुपर्ने बेला विदेश भ्रमणमा जान लागेको भन्दै सर्बत्र विरोध भएपछि नेताहरुले भ्रमण स्थगित गरेका हुन् । नेपाल  ट्रान्जिसन टु पिस, एसिया फाउन्डेशन र स्विट्जरल्याण्ड सरकारको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन माओवादी, कांग्रेस, एमाले लगायतका १७ जना नेताहरु आज स्वीटजरल्याण्ड जाने कार्यक्रम थियो । शान्ति प्रक्रिया र संविधान लेखनको काम सम्पन्न नभएसम्म काठमाडौं उपत्यका नछो्ड्न सभामुख सुवास नेम्वाङले पनि नेताहरुलाई आग्रह गर्दै आउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल