लस्एन्जेलसमा नेपाल अमेरिका एकता समाजको अधिबेशनले नयाँ कार्य समिती छनौट गर्‍यो

१२ भाद्र २०६९, मंगलवार ०२:०३ मा प्रकाशित

सुदिप पन्त, क्यालिफोर्निया । अमेरिका क्यालिफोर्नियाको लस्एन्जेलस स्थित नेपालीहरुको सस्था नेपाल अमेरिका एकता समाजको अध्यक्षमा पुन उमा थापा निर्बिरोध चुनिएकी छिन । यही अगस्त २६ तारिखमा सम्पन्न सस्थाको साधारण सभाले अध्यक्ष लगायत अन्य सबै पदहरुमा निर्बिरोध निर्बाचित गरेको सस्थाले जनाएको छ । सो अधिबेशनमा उमा थापाले सस्थाको गतिबिधीबारे प्रकाश पारेकी थिइन भने महासचिब मुकुन्द ढुंगानाले कार्यक्रम सन्चालन गरेका थिए । सस्थाको आर्थिक प्रतिबेदन प्रकाश घिमिरेले प्रस्तुत गरेका थिए भने कार्यक्रममा स्वागत मन्त्ब्य तिलक कार्किले राखेका थिए । अतिथीको तर्फबाट श्री पशुपतीनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापाले अधिबेशनको सफलताको कामना गर्दै नयाँ निर्बाचित कार्यसमितिलाई शुभकामना दिएका थिए । सस्थाको नयाँ कार्यसमिती यस् प्रकार रहेको छ -उमा थापा अध्यक्ष, प्रथम र दोश्रो उपाध्यक्ष क्रमस कृष्ण के सि र सुर्य प्रसाइ ,महसचिबमा बिमल गुरागाइ,सचिब गोकुल ढकाल ,कोशाध्यक्षमा तिलक कार्की र सद्स्यहरुमा सञ्जय गुरागाइ,लता घिमिरे ,निरा पाण्डे ,ओिम कार्की ,अर्जुन ढकाल ,डिल्लिराम सिलवाल ,लक्ष्मी रानाभाट र देबी घिमिरे रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय