गैरकानूनी रुपमा बैंकिग कारोबार गर्ने गोरखा विकास बैंकका कर्मचारी पक्राउ

११ भाद्र २०६९, सोमबार २१:०६ मा प्रकाशित

काठमाडौं, ११ भदौ । गैरकानुनी तवरले ऋण लिने तथा दिने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले गोरखा डेभलेपमेन्ट बैंकका तत्कालीन कर्जा प्रमुख दीपक रानामगरलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले ४० वर्षीय रानामगरलाई वनस्थली चोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाएको छ।

उनीसमेतको मिलोमतोमा मुना हाउजिङ एण्ड डेभलपमेन्ट कम्पनी प्रा. लि. र लुम्बिनी इन्फ्रास्ट्रक्चर डेभलपर्स प्रा.लि. लाई कर्जा प्रवाह गर्दा गलत धितो मुल्यांकन गराएको, बैंक ठग्ने नियतले झुक्याई ब्लुप्रिन्ट नक्सा प्रिन्ट वास्तविक जग्गा भन्दा बिलकुल फरक पर्ने गरी नक्कली कागजात खडा गरी कमसल जग्गा मुल्यांकन गरीगराई कर्जा लिने र दिने कार्यमा सहयोग गरी बैंकलाई रु. ११ करोड ६ लाख १८ हजार ४६९ बराबरको नोक्सानी पुर्‍याई बैंकलाई समस्याग्रस्त अवस्थामा पारी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ७, ८, १३ र १४ बमोजिमको कसुरमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी

तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता

काठमाडौं । साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ

काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण