फेसबुक सञ्जालमार्फत सेक्स टुरिजम इभेन्ट गर्ने पक्राउ

११ भाद्र २०६९, सोमबार २०:४८ मा प्रकाशित


काठमाडौं, ११ भदौ । अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी तथा सेक्स टुरिजम इभेन्ट गर्न खोज्ने मोरङ जिल्ला हनुमानमन्दिर टोल–६ विराटनगर स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–६ कुमारीगाल नयाँबस्ती बस्ने ४० वर्षीय किर्तन पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त पोखरलले क्रिशी क्रिशको नामबाट बुंगा बुंगा इभेन्ट सिर्जना गरी सोमार्फत बुंगा बुंगा नामक पार्टी आयोजना गर्ने, पार्टीमा ११ देखि १७ बर्ष उमेरका किशोरीहरु समाबेश गरी निजहरुबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने ब्यक्तिहरुका लागि २ हजार युरो खर्च लाग्ने भत्रे सूचना प्रवाह गरेको देखिएको र सो इभेन्टमा केही फेसबुक प्रयोगकर्ताहरुले लाइक गरेको पाइएको प्रहरीले जनाएको छ ।
पोखरेलले २० भन्दा बढि इमेल ठेगानाहरुको प्रयोग गरी इन्टरनेट सुविधाको दुरुपयोग गर्दै फेसबुकमा फ्रेक इभेन्ट राखी रकम उठाई अन्तर्राष्ट्रिय संगठित अपराध गर्न सक्ने तथा फेसबुकमा बनाएको इभेन्टबाट अन्तर्राष्ट्रिय रुपमा निज सेक्स टुरिजम गर्ने कार्यमा संलग्न रहेको र आर्थिक लाभका लागि निजले प्रयोग गरेका इमेल ठेगानाहरु मार्फत नग्न तस्विरहरु आदानप्रदान गर्ने गरेको आधारमा भदौ ८ गते केन्द्रीय अनुसन्धान ब्यूरोले पोखरेललाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार