लडाकू छनौट प्रक्रिया भदौ २१ देखि

११ भाद्र २०६९, सोमबार २०:१९ मा प्रकाशित

काठमाडौं, ११ भदौ । चार महिनाभन्दा बढी अवधि गुजारेर सोमबार राजधानीमा बसेको सेना समायोजन विषेश समितिको बैठकले माओवादी लडाकुको अबरुद्ध भर्ना छनौट प्रक्रिया भदौ २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । बैठकले नागरिकताको जन्ममितिलाई मान्यता दिएर भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको समिति सदस्य रामशरण महतले जानकारी दिनुभयो ।
१८ वर्ष पुगेको दिनलाई भर्ना मिति आधार मान्ने सहमति भएको बताउंदै नेता महतले लडाकुको उमेर, शिक्षालगायतमा विवाद भएपछि भर्ना प्रक्रिया अबरुद्ध भएको थियो । बैठकपछि महतले लडाकुको समायोजनको गाँठो फुकेको प्रतिक्रिया दिनुभयो । लडाकुको उमेर, शिक्षालगायतमा विवाद उत्पन्न भएपछि गत असारमा सरकारले एकतर्फी रूपमा अघि बढाएको समायोजन प्रक्रिया अवरुद्ध छ भने माओवादी लडाकु समायोजनमा विवाद भएपछि रोकिएको प्रक्रिया सुरु गर्ने विषयमा आइतबार प्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाउनसभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका