पुनःस्थापना नगरे भदौ २१ बाट मुक्त हलियाले राजधानीकेन्द्रीत आन्दोलन गर्ने

११ भाद्र २०६९, सोमबार २०:०० मा प्रकाशित

काठमाडौं, ११ भदौ । पूर्वप्रतिवद्धता अनुसार राज्यले तत्काल आफूहरुलाई पुनःस्थापना नगरे आगामी भदौ २१ गतेबाट राजधानीकेन्द्रीत आन्दोलन गर्ने मुक्त हलियाहरुले चेतावनी दिएका छन् । राष्ट्रिय मुक्त हलिया समाज महासंघले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर त्यस्तो चेतावनी दिएको हो ।
सरकारले २०६५ भदौ २१ का दिन हलियामुक्त घोषणा गरेको भए पनि अझै हलियाहरुले पूर्ववत रुपमा नै साहुको काम गर्दै आएको बाध्यता सुनाउँदै महासंघका अध्यक्ष डम्बर विकले सुनुवाई नभए मुक्त भएको दिनबाट नै आन्दोलन सुरु गरिने बताए । उनले मुक्त हलियामध्ये २४ सयले मात्रै परिचय पत्र पाएको र अझै १९ हजारले पाउन नसकेको तथ्याङक प्रस्तुत गर्दै राज्यले हलियामुक्तिको घोषणाबाहेक कुनै पनि जिम्मेवारी पुरा नगरेर गैरजिम्मेवारपन प्रस्तुत गरेको आरोप लगाए । कोषाध्यक्ष तुलाराम सार्कीले रोजगारीको ब्यवस्था नहुँदा मुक्त हलिया पुनः हलिया बन्न बाध्य भएको गुनासो गर्दै जसको जोत उसको पोतको ब्यवस्था गर्न माग गरे भने दार्चुलाका हलिया प्रतिनिधि दानीराम तिरुवाले स्थानीय स्तरमा भएका आन्दोलनको सुनवाई नभएकोले आफूहरु राजधानी आउन बाध्य भएको गुनासो गरे ।
महासंघले हलिया परिवारलाई तराईमा १० कठ्ठा र पहाडमा १० रोपनी जग्गा दिनुपर्ने, हलिया श्रम निषेध गर्ने ऐन जारी गर्नुपर्ने, मुक्त हलिया पुनःस्थापना आयोग गठन गर्नुपर्ने, प्रतिपरिवार १ लाख क्षतीपूर्ति दिनुपर्ने लगायतका ११ बुँदे माग अगाडि सार्दै आन्दोलनको चेतावनी दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित