दाइजो प्रथा अन्त्य गर्न बैश्यहरु अग्रसर

११ भाद्र २०६९, सोमबार १९:५९ मा प्रकाशित

काठमाडौं, ११ भदौ । राष्ट्रिय वैश्य युवा महासंघ नेपालले वैश्य जातिमा ब्याप्त रहेको दाइजो प्रथाको अन्त्यको लागि अभियान सञ्चालन गर्ने भएको छ । महासंघले राष्ट्रिय पहिचान, जातीय स्वाभिमान, समग्र विकास र आत्मसम्मानका लागि सम्पूर्ण वैश्य समुदायहरुले अन्तर्जातीय विवाह फुकुवा र दाइजो प्रथाको अन्त्यको लागि अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।
वैश्य समुदायका जातजातीमा रहेको डरलाग्दो समाजिक कुप्रथा दाइजोका कारण अनाहकमा चेलीहरुको हत्या गरिने र आजिवन दुःख झेलीरहनु पर्ने अवस्थाको अन्त्यको लागि अधिराज्यका जिल्ला र वडा–वडामा संगठन विस्तार गरी दाइजो प्रथाको अन्त्यका लागि अभियान सञ्चालन गर्ने राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महासंघका उपत्यका–अध्यक्ष कपिलदेव साहले जानकारी दिए । महासचिव नविन महतो, सचिव शशी साहले पनि आपसी भाइचारा विकास गर्दै दाइजो जस्तो कुप्रथाको आफ्नो समूदायबाट अन्त्य गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको