सिरियामा सरकारी सेनाले नरसंहार गरेको बिद्रोहि संगठनको दावि

११ भाद्र २०६९, सोमबार १९:४० मा प्रकाशित

काठमाडौं, भाद्र ११ । सिरियाको राजधानी दमास्कससंगै जोडिएको एउटा शहरमा सरकारी सेनाले व्यापक रुपमा नरसंहार गरेको त्यहाको बिद्रोहि संगठनले बताएको छ ।
बिद्रोहिहरुले गरेको दावि अनुसार दमास्कस नजीकै रहेको दारया शहरमा सयौंको संख्ायमा शवहरु भेटिएका छन् । तीनै शबहरुलाई आधार बनाएर त्याहाको सरकारी सेनाले नरसंहार गरेको बिद्रोहिले दावि गरेको छ ।  बिद्रोहिले जनाए अनुसार उक्त नरसंहार  राष्ट्रपति वसर अल असद समर्थक सरकारी सेनाले गरेको हो । ती सबैलाइ फासी दिएर हत्या गरिएको थियो ।  । दार्या शहरको केही घरहरुमा मात्रै सोमबार बिहान २ सयभन्दा बढीको शव भेटिएको छ । उत्त नरसंहारको खबर बाहिर आउने बित्तिकै बेलायत सरकारले यसलाई  चरम मानबीय अत्याचार को संज्ञा दिएको छ ।  बिपक्षस्हरुको बलियो उपस्थिति रहेको दार्या शहर शनिबार सरकारी सेनाले नियन्त्रणमा लिएको थियो । बिगत केही महिना देखि सिरियाका बिद्रोहिहरुले राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दे आन्दोलमा उत्रिएपछि त्यहा २० हजार भन्दा बढीको ज्यान गएता पनि असदले सक्ता छोडेका छैनन ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको