अफगानिस्तानमा १७ सर्वसाधारणको घाटी रेटी हत्या

११ भाद्र २०६९, सोमबार १९:३७ मा प्रकाशित

काठमाडौं, भाद्र ११ । अफगानिस्तानको हेलमण्ड प्रान्तको मुसा क्वाला जिल्लामा  १७ सर्वसाधारणको घाटी रेटी हत्या गरीएको छ ।
मारीएका मध्ये १५ पुरुष र २ महीला रहेको हेलमण्ड प्रान्तका प्रबत्ता दाउद अहमेदीले अन्र्तराष्ट्रि समाचार संस्था एएफपीलाई बताएका छन् । घटनामा कसको हात रहेको भन्ने बारेमा अनुसन्धान भईरहेको भएपनि तालिवानले नै घटना घटाएको प्रवत्ता दाउदले दाबि गरेका छन् । रात्रिकालिन समयमा गरीएको पार्टी पछि उनीहरुको हत्या भएको अन्र्तराष्ट्रिय समाचार संस्था रोर्यटसले जनाएको छ । महीला र पुरुष रातिको समयमा पार्टी गरीरहेको अबस्थामा तालिवानले हत्या गरेको अफगानि अधिकृतहरुको दाबि छ । यसैबीच आईतबारै अफगानिस्तानको वासर जिल्लामा रहेको सुरक्षापोष्टमा अफगानि सैनिकको पोसाकमा रहेका व्यक्तिको आक्रमण्मा परी  १० सुरक्षाकर्मीको ज्यान लिएको छ । घटनामा आक्रमणकारी समेत मारीएको बताईएको छ । घटनाका बारेमा अनुसन्धान जारी रहेको अफगान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापाक्षविरुद्धको अविश्वास प्रस्तावमाथि मङ्गलबार संसदमा भएको मतदानमा ११९ सांसदले विपक्षमा मतदान गरेका छन्। यससँगै विपक्षीले राष्ट्रपतिविरूद्ध पेश

महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै

काबुल । अफगानिस्तानमा तत्कालीन तालिबान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झन्डै नौ लाख मानिसले जागिर गुमाएका छन् । अफगानिस्तानको पुनर्निर्माणका

सोल । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका

आजको प्रमुख समाचार