राष्टपति समक्ष चार अध्यादेश सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

११ भाद्र २०६९, सोमबार १९:३० मा प्रकाशित

काठमाडौं, भाद्र ११ । विपक्षी दलहरुको बिरोधको बबजुदे मन्त्रिपरिषद् वैठकले राष्टपति समक्ष चार अध्यादेश सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय िसंहदरबामा सोमबार साँझ बसेको वैठकले चार अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरको हो । वैठकले सिफारिस गरेका विधयेकहरुमा शिक्षा सेवा ऐनको आठौँ संशोधन स्वास्थ्य सेवा ऐन चौँथो संशोधन निजामती सेवा ऐनको तेस्रो संशोधन र  बेपत्ता नागरिक खोजबिन आयोग गठन गर्ने सम्बन्धी विधयेक सिफारिस गरेको हो । यस्तै वैठकले नेपाल प्रहरीको विभिन्न पदमा एक हजार ४१ दरबन्दी थप गर्ने निर्णय पनि गरेको छ । वैठकले सहसचिव विनोदकुमार देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ । सर्वोच्च अदालतका न्ययाधिश रणबहादुर बमको हत्या सम्बन्धमा छानविन गर्न गठन भएको समितिको म्याद १ महिना थप गर्ने निर्णय पनि वैठकले गरेको छ । वैठकले नेपाली सेनाका कामुप्रधान सेनापति गौरवशमशेर जवारालाई प्रधानसेनापतिमा नियुक्त गर्नलागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्