साउदी अरबको जेद्घामा एनआरएनको सामूहिक लगानी अभिवृद्घि अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ भाद्र २०६९, सोमबार १९:२३ मा प्रकाशित

अञ्जन पोखरेल, जेद्घा । गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति जेद्घाले सर्फियाको इम्पला अडिटोरियम हलमा एआरएनहरूले सुरू गरेको सामूहिक लगानीलाई प्रोत्साहन गर्न अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

क्षेत्रिय समितिका अध्यक्ष दिनेश कुमार सुनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि सामूहिक लगानी कोष अन्तर्राष्ट्रिय समितिका सदस्य चोला प्रसाद पाठक, बिशेष अतिथिमा सामूहिक लगानी कोष साउदी अरबका संयोजक तथा आइसीसी सदस्य राजु पौडेल, अन्य अतिथिहरू टेकनाथ नेपाल, नेपाली यूवा क्लबका अध्यक्ष दुर्गा बि.क., जनप्रगतिशील मञ्चका क्षेत्रिय अध्यक्ष मिन बहादुर चलाउने, एनसीसी तथा आरसीसी सल्लाहकार नारायण गुरूङ, जनजाती महासंघ साउदी अरबका उपाध्यक्ष बाल कुमार राईको आतिथ्यता भएको कार्यक्रममा अन्य संघ-संस्था सम्बद्घ तथा बुद्घिजीवीहरूको उल्लेख्य उपस्थिती थियो । कार्यक्रमलाई क्षेत्रिय समन्वय समितिका सचिव तथा सामूहिक लगानी कोष साउदी अरबका सदस्य सन्तोष लुइटेलले संचालन गर्नुभएको थियो भने उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वगत मन्तव्यद्घारा एनसीसीका सदस्य तथा आरसीसी जेद्घाका सल्लाहकार कृष्ण प्रसाद पोखरेलले स्वागत गर्नु भएको थियो ।
सामूहिक लगानीको विश्वब्यापी अभियानको अभियन्ता बनि साउदी अरबको राजधानी शहर रियाद (१२०० कि.मी. टाढा) बाट आउनुभएका प्रमुख अतिथि चोला प्रसाद पाठकले अन्र्तक्रियाको शुरूमै सामूहिक लगानी कोषको अवधारणाका बारेमा प्रस्ट पार्दै यस अभियानको बारेमा सुक्ष्म अध्यन गरेर मात्रै लगानी गर्न आग्रह गर्नु भएको थियो । जसरी यूरोप र अमेरीकामा बस्दै आएका नेपालीहरूले आफ्ना सन्ततिहरू लक्षीत भएर लगानीको सहयात्री बनिरहेछन् । त्यसैगरी खाडी राष्ट्रहरूमा कार्यरत नेपालीहरूको पहिचान केवल नेपाली मात्र भएको र अस्थाइ रूपमा आर्जित पुँजीलाई स्थाइत्व प्रदान गर्ने यो बिश्वस्त माध्यम एवं गैर आवासीय नेपाली भएर राष्ट्रप्रति उत्तरदायित्व बहन गर्ने अत्यन्त महत्वपूर्ण अवसर हो भन्दै लगानीका आधारभूत प्रकृयाका बारेमा स्पष्ट पार्नुभएको थियो ।

हाल गैर आवासीय नेपाली सम्बद्घ कम्पनी दर्ता गर्ने प्रकृयामा संस्थापक शेयर होल्डरहरूबाट बोल कबोल गरिएको रकम आगामी सेप्टेम्बर महिनाको अन्तिम सम्ममा न्यूनतम एक लाख वा कबोल रकमको २५ प्रतिशत नघटाइ कम्पनी दर्ता गर्ने प्रयोजनमा खोलिएको नेपालको बैंक खातामा रकम जम्मा गर्नुपर्ने र बाँकी रकम कम्पनीले लगानीको थालनी गरे पश्चात उपलब्ध गराउँदै जानुपर्ने भएकोले समयसिमामा भएको सहुलियतलाई मध्यनजर गरी इच्छुक एनआरएनहरूलाई लगानी रकममा वृद्घी गर्न पुर्नबिचार गर्न सक्ने ढोका खुला रहेको जानकारी गराउनुभएको थियो । प्रथमत: नेपालमा इन्भेस्टमेन्ट कम्पनी दर्ता हुने र उक्त कम्पनी मार्फत गरिने लगानीका विविध क्षेत्रहरूमध्य कम जोखिम र अधिकतम मुनाफा प्राप्त गर्न सकिने सम्भाव्य क्षेत्र भनेको जलबिधुत उत्पादन क्षेत्र नै भएकोले त्यस सम्बद्घ योजनाहरूको प्रारम्भिक अध्यन सुरू गरिएको बताउनु भयो । त्यस्तै गरेर अर्का अतिथि राजु पौडेलले यूरोपका राष्ट्रहरू इटली, स्पेन छिमेकी राष्ट्रहरू भारत र चीनको आर्थिक वृद्घी हुनुमा विप्रेषण प्रवाहले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै नेपालमा सन् १९५० देखी नै विप्रेषण प्रवाहको इतिहास भएपनि यसले उपभोगताको हैसियत वृद्घी गर्ने अलवा अन्य कुनै उत्पादनशील क्षेत्रलाई लक्षित गर्न नसकेकोले नै सीप र क्षमता बिदेश पलायन हुने क्रमले निरन्तरता पाइनै रहेको टिप्पणी गर्नुभयो । हाल नेपालमा विप्रेषणबाट आश्रित घर धुरी ५५.८ प्रतिशत रहेको पाइएको छ । २५ प्रतिशत दक्ष नेपालीहरूको ब्रेन ड्रेन भइरहेको छ । २० बर्ष देखी ४४ बर्षको उमेर समुह प्रोडक्टिव ब्रेन भएकोले सामूहिक सर्बोच्चतामा आधारित भएर उर्जनशिलताको लगाम यिनै समुहलाई लक्षित गरी बिद्यमान अनुत्पादक क्षेत्रमा खर्चिरहेको पूँजीको क्रम भङ्ग गर्नु जरूरी भएको र एनआरएनले उठाएको सामूहिक लगानीको अबधारणामा अधिकतम सहभागिता जुटाउन विश्वब्यापी रूपमै जागरण भरिरहेको जनकारी गराउनुभयो । जसलाई सार्थक रूप दिन हामी पनि घर-दैलो अभियान संचलान गरिरहेको र आज त्यही सिलसिलामा जेद्घा आइपुगेको बताउनुभयो ।

झण्डै चार घण्टा लामो उक्त कार्यक्रमको उत्तरार्द्घमा प्रश्नोत्तर कार्यक्रम भएको थियो । जलबिधुत सम्बन्धी लगानीका आधारभूत कुराहरूलाई लिएर कार्यक्रममा उपस्थित फिल्ड इन्जिनियरद्घय टेक नाथ सापकोटा र ज्ञान प्रसाद अर्यालले प्रयोग हुने समानहरूको उच्चतम गुणस्तरप्रति कुनै किसिमको लचकता अपनाउन नहुने ताकि त्यसको लागत बढि भएपनि दुरगामी फाइदा प्राप्त गर्न सकिने सुझाब दिनुभएको थियो । न्यून आय आर्जन गर्ने खाडी राष्ट्रहरूका एनआरएनहरूको सहभागितालाई कसरी समेट्न सकिन्छ भन्ने जिज्ञासालाई अतिथि बेन्चबाट संख्यात्मक उपस्थितिलाई मध्यनजर राख्दै समूह निर्माण गरी उक्त अभियानमा समाहित हुन सकिने र यस बिषयमा थप सरलता र सहजतालाई प्राथमिकतामा राख्न एनसीसीसंग छलफल चलिरहेको जानकारी दिइएको थियो । अन्य विविध व्यवहारिक तथा प्राबिधिक पक्षका जिज्ञासाहरू अतिथिद्घयले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम संचालन हुँदै गर्दा लगानी गर्न कबोल गरिएको पूर्व घोषित रकममा वृद्घी गरी आरसीसी जेद्घाका अध्यक्ष दिनेश कुमार सुनुवारले कुल ५ लाख, अञ्जन पोखरेलले रू. ४ लाख र कृष्ण पोखरेलले रू. ४ लाख लगानी गर्ने बचनबद्घता दिनु भएको थियो । उक्त बढोत्तरी रकमसंगै जेद्घा क्षेत्रमा हालसम्म १८ लाख रूपैयाँ संकलन (प्रस्ताबित) भएको छ । पछिल्लो जानकारी अनुसार साउदी अरबमा हालसम्म १ करोड ८० लाख रूपैयाँ संकलन हुने सार्बजनिक भइसकेको र यसमा वृद्घी हुने क्रम जारी रहेको छ ।

कार्यक्रमलाई समापन गर्दे उक्त कार्यक्रमका सभापति दिनेस कुमार सुनुवारले यो एनआरएनहरूको साझा अबधारणा भएकोले हामी सबै मिलेर यसलाई सार्थक रूप दिन आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने भन्दै कार्यक्रमलाई अत्यन्त प्रभावकारी बनाउन सम्बन्धित सबैले खेल्नु भएको भूमिकाप्रति धन्यबाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र