संकट समाधानका लागि राष्ट्रिय सहमतिको विकल्प छैन: प्रचन्ड

११ भाद्र २०६९, सोमबार १९:१८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही ११ भदौ: एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले विद्यमान राजनीतिक संकटको समाधानका लागि राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका छन । सोमबार बुटवलमा क्रान्तिकारी पत्रकार संघ द्वारा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कुरा बताएका हुन । उनले सवै पक्षको जित हुने खालको सहमतिको विन्दु खोज्ने अभ्यास भैरहेको पनि बताएका छन । नयाँ निर्वाचनका लागि आवश्यक पर्ने संविधान संशोधनको प्रकृया थाल्ने, राष्ट्रिय सहमतिको सरकारको बनोट र जेठ १४ अघि संविधान निर्माणको क्रममा नटुंगीएका विवादका विषयमा सहमति खोज्ने कुरामा सवैदलका शिर्ष नेताहरु सहमत भएको उनको भनाई छ । त्यसका लागि समन्वय गर्ने जिम्वेवारी सवै दलका शिर्ष नेताहरुको वैठकले आफूलाई दिए अनुरुप सोमबार देखि नै आफूले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसंग छलफल थाल्ने कुरा समेत प्रचण्डले बताए । उनले प्रधानमन्त्रीले राजिनामा नदिएको कारणले नभई उक्त विषयहरुमा सहमति नभएकाले राजनीतिक संकटको समाधान ननिस्किएको दावी समेत गरेका छन । उनले आफ्नो अध्यक्षतामा गठन भएको संघीयता पक्षधर मोर्चाको खारेज गर्न असहमति समेत प्रकट गरेका छन । एनेकपा माओवादी अवध राज्य समितीका पदाधिकारी एवं अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन यहाँ आएका प्रचण्ड सोमबार नै राजधानी फर्केका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट

गोरखा । चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका ७५३ स्थानीय

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

आजको प्रमुख समाचार