भदौ २१ गतेदेखि लडाकूहरुको छनौट प्रकि्या शुरु

११ भाद्र २०६९, सोमबार १५:०६ मा प्रकाशित

काठमाडौं , भाद्र ११ । लामो समयपछि बसेको माओवादी लडाकूको रेखदेख पुनस्थापना र समायोजनको लागि स्थापना भएको सेना समायोजन विशेष समितिको वैठकले भदौ २१ गतेदेखि लडाकूहरुको छनौट प्रकि्रया शुरु गर्ने निर्णय गरेको छ ।
आइतबार समितिको सचिवालय नयाँवानेश्वरमा बसेको वैठकले भदौ २१ गतेदेखि समायोजनमा जाने लडाकूकोको छनौट प्रकि्रया शुरु हुने समितिका सदस्य डा। रामशरण महतले जानकारी दिनुभयो ।
वैठकले समायोजनको लागि लडाकूको उमेर नागरिकताको आधारमा तय गर्ने निर्णय पनि गरेको छ । नागरिकताको आधारमा समस्या उत्पन्न भए १८ वर्ष उमेर पुगेको अवस्थालाई मान्यता दिने सहमति भएको समितिका प्रवक्ता एवं मुख्यसचिव लिलामणी पौडेलले जानकारी दिनुभयो ।
बैठकले महानिर्देशनालयको आकार निर्धारण भने छनौट प्रकि्रया समाप्त भएपछि मात्र निश्चित गर्ने निर्णय गरेको छ । वैठकले छनौट प्रकि्रया सम्पन्न भएको मितिले ४५ दिन लडाकूहरुलाई तालिम पूर्व विदा दिने र विदामा रहदाँको अवस्थामा नेपाली सेनाको नियमअनुसार तलब भत्ता उपलब्ध गराईने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको