पाँडे र पौडेललाई भैरव पुरस्कार

२० कार्तिक २०७७, बिहीबार १६:४६ मा प्रकाशित

काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ ।

पाँडे चर्चित व्यङ्ग्यकार हुनुहुन्छ भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमशः एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ रहेको छ । वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा डा खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहनुभएको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

हाल कोरोना भाइरसको सङ्क्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजालले जानकारी दिए । विसं २०४६ देखि प्रत्येक दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आगामी वर्षबाट बर्सेनि वितरण गरिने पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल