आन्दोलनकारीलाई वार्तामा आउन आह्वान, पोखरेलीको चाहनाअनुसार बिमानस्थल निर्माण गर्ने पर्यटनमन्त्रीको प्रतिवद्धता

११ भाद्र २०६९, सोमबार १४:३७ मा प्रकाशित


काठमाडौ, ११ भदौ । पर्यटन तथा नागरिक उड्ययनमन्त्री पोष्टबहादुर बोगटीले पोखरा क्षेत्रीय विमानस्थाल निर्माणको लागी दबाव दिन आन्दोलन गरिरहेका आन्दोलनकारीहरुलाई उनीहरुको माग पुरा गर्ने प्रतिबद्धतासहित वार्ताको लागि आह्वान गरेका छन् ।
राजधानीमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री बोगटीले भने– ‘समस्या समाधान गर्न म तयार छु , बार्ता गरौ, पहिलो बार्तामा म आफैं बस्छु ।’ उनले वार्ताका लागि सकभर राजधानी आउन आग्रह गर्दै त्यो सम्भव नभए आफै पोखरा जान तयार रहेको बताए । आफू भदौ १५ अघि नै समस्या समाधान गर्न लागिपरेको उल्लेख गर्दै उनले सोमबार दिनभरी समस्या समाधानको विषयमा गृहकार्य गरेर वार्तामा बस्ने स्पष्ट पारे ।
मन्त्री बोगटीले पोखरा विमानस्थलको ठेक्का प्रक्रिया लागत इस्टीमेट अनुसार नै पारदर्शी रुपमा अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्दै भने– ‘म हतारमा गल्ती गरेर फुर्सदमा पछुताउन चाहन्न, मबाट कुनै चलखेल हुँदैन, नियम हेरेर सल्लाह गरेर उपयुक्त निर्णय लिन्छु ।’ उनले डी फोर मोडलको लागत इष्टीमेट तयार भइसकेकोले सोहीअनुसार प्रक्रिया अगाडि बढ्ने दृढता ब्यक्त गरे । यद्यपि उनले आयोजना निर्माणलाई पारदर्शी बनाउने नाममा भताभुङ्ग बनाउन नहुने तर्क पनि गरे । उनले ईपिसि मोडलबाट निर्माण गर्ने सम्झौता भए पनि नेपालको विद्यमान कानूनमा त्यस्तो ब्यवस्था नभएकोले केही जटिलता थपिएको तर्क गर्दै भने– पुरानो प्रक्रियाले गर्दा केही अप्ठ्यारो छ तर त्यसलाई मिलाएर अगाडि बढ्नु पर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार