वर्तमान सरकारले सत्ता नछोड्ने पुनको उद्घोष

११ भाद्र २०६९, सोमबार १३:११ मा प्रकाशित

काठमाडौं, ११ भदौ । गोलमेच सम्मेलनमा राजावादीले पनि स्थान पाउने हुनाले त्यस्तो सम्मेलन अहिलेको अवस्थामा गर्न नुहने धारणा माओवादी नेता तथा अर्थमन्त्री बर्षमान पुनले अघिसारेका छन् । दाङको भालुवाङमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पुनले नेकपा माओवादीले पूर्वराजा तथा राजावादीहरुलाई सहयोग पुर्याउने उद्देश्यले नेकपा माओवादलिे गोलमेच सम्मेलनको रटान लगाएको आशय प्रकट गरे ।
मन्त्री पुनले जारी राजनितिक गतिरोधलाई हटाउन नयाँ निर्वाचन वा छोटो समयका लागि संविधानसभा पुनस्र्थापना गरेर अघि वढ्नुको बिकल्प नरहेको तर्क गर्दै बिबादीत बिषय र अबको निकासका लागि जनताको माझमा जानु पनि एउटा बिकल्प हुने उल्लेख गरे ।
जसले जहां जे भनेर रोइकराई गरे पनि सरकारको राजीनामा आउने कुनै सम्भावना नरहेको उनको कथन थियो । प्रचण्डले कांग्रेसको नेतृत्व स्वीकार नगर्ने उद्घोष गरिरहेकै परिवेशबीच पुनले संबिधान निर्माणमा सहमति जुटे काङग्रेसकै नेतृत्व राष्ट्रिय सरकार बन्न सक्ने अभिव्यक्ति पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल