अमेरिकामा राष्ट्रकविको सम्झना

१८ कार्तिक २०७७, मंगलवार ११:४० मा प्रकाशित

काठमाडौं । एक विशेष कार्यक्रमको आयोजना गर्दै अमेरिकामा रहेका नेपाली साहित्यकारहरूले राष्ट्रकवि माधव घिमिरेलाई सम्झिएका छन् । राष्ट्रकविको ४५औं दिनको पुण्यतिथि पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकामा राष्ट्रकविको सम्झनास्वरूप कार्यक्रम गरेको हो । राष्ट्रकवि घिमिरेप्रति समर्पित उक्त कार्यक्रममा विश्वभरका विभिन्न सर्जकहरूले राष्ट्रकविप्रति श्रद्धाभाव व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रकविसँगको सानिध्यताको वर्णन गरेर साहित्यकार तथा अनेसास बोर्ड अफ ट्रस्टीको अध्यक्ष गीता खत्रीद्वारा लिखित गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरियो । अग्रज साहित्यकार दिनेश अधिकारीले राष्ट्रकविसँगको सम्झना प्रस्तुत गर्दै नेपाली साहित्यमा घिमिरेको योगदानको चर्चा गरे । अधिकारीले भने, ‘सय वर्षको उमेरमा महाकाव्य लेख्ने कवि सम्भवतः घिमिरे मात्र हुनुहुन्छ ।’

गीतकार गीता खत्रीको गीति लेखनको चर्चा गर्दै कवि अधिकारीले विदेशमा बसेर साहित्य सिर्जना गर्नु आफंैमा ठूलो कुरा भएको बताए । गीतकार खत्रीले राष्ट्रकविप्रति आफ्नो गीति सिर्जना समर्पण गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले राष्ट्रकविसँगका भेटका क्षणबारे स्मरण सुनाए । कार्यक्रममा राष्ट्रकविकी सुपुत्री साहित्यकार ज्योति पौडेलले आफ्ना पितालाई अनेसासले सम्झना गरेकोमा आभार व्यक्त गरिन् ।

अनेसासका महासचिव सर्वज्ञ वाग्लेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे । कार्यक्रममा अनेसास बीओटीका सल्लाहकार प्राडा खगेन्द्रप्रसाद लुइटेल, अनेसासका सल्लाहकार प्राडा लक्ष्मणप्रसाद गौतम, सुमलकुमार गुरुङ, अनेसास बीओटीका पूर्वउपाध्यक्ष रोहिणी शर्मा, अनेसास बीओटीका कोषाध्यक्ष राम लामा ‘अविनाशी’, सदस्य तीर्थ अधिकारी, अनेसास कतार च्याप्टरका पूर्वअध्यक्ष तीर्थसंगम राई, पोल्यान्ड च्याप्टरका अध्यक्ष सुसन परियार ‘विसर्जन’, संगीतकार राजु सिंह, गायिका सरिता शाहीलगायतले राष्ट्रकवि घिमिरे तथा गीतकार गीता खत्रीको गीति सिर्जनाका बारेमा आफ्नो भनाइ राखे । अनेसासका वरिष्ठ उपाध्यक्ष गोवद्र्धन पूजाले गीतकार खत्रीको परिचय प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष