श्रीमतीको हत्या गरी श्रीमान् फरार

११ भाद्र २०६९, सोमबार १२:४७ मा प्रकाशित

काठमाडौं, ११ भदौ । आफ्नी ३६ वर्षिया पत्नीको गोली हानी हत्या गरेर एक व्यक्ति फरार भएका छन् । घटना भक्तपुर नगरपालिका ११ भेलुखेलको हो । भेलुखेलस्थित आफ्नै निवासमा श्रीमतीलाई गोली हानी हत्या गरेपछि श्रीमान् राजेश देउला भागेको भक्तपुर प्रहरीले जनाएको छ । शोभालाई घाँटीमा गोली हानिएको अवस्थामा प्रहरीले सोमबार बिहान फेला पारेको हो । घटना घटेको कोठामा एक खोका गोली पनि भेटिएको छ ।
बताइएअनुसार आइतबार राति सँगै खाना खाएका श्रीमान् राजेश घरमा नहुनु र दुई छोरी, एक छोरालाई आफन्तकोमा सुत्न पठाउनुले हत्या श्रीमानले नै गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

यसैबीच नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य टीका अधिकारीको बीर अस्पतालमा निधन भएको छ । उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पदाधीकारीहरु बीर अस्पताल पुगेका थिए। शोक मनाउन विद्यार्थी संघले आज आफ्ना कार्यालयहरु बन्द गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा