पश्चिम सेती जलविद्युत आयोजनामा थप सहमति

११ भाद्र २०६९, सोमबार १२:३२ मा प्रकाशित


काठमाडौं, ११ भदौ । पश्चिम सेती जलविद्युत आयोजनामा दश प्रतिशत सेयर स्थानीयवासीलाई दिने थप बुंदा समेटिएको समझदारीपत्रमा लगानी बोर्ड र चीनको सीडब्लुए कम्पनीबीच आज हस्ताक्षर भएको छ । सोमबार बिहान सिंहदरबारस्थित लगानी बोर्डको कार्यालयमा भएको बैठकका क्रममा ७ सय ५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलबिद्युत आयोजना निर्माणका लागि संसोधित समझदारीपत्रमा दुईपक्षबीच हस्ताक्षर भएको हो । चीनको बेइजिङमा केही दिनअघि नेपाली पक्षसंग भएको छलफलमा केही विषय संसोधन गरेर हस्ताक्षर गर्ने सहमति भएको थियो । नेपालभित्रै आन्तरिक खपत गर्ने प्रयोजनका लागि करिव १ खर्व ८० अर्ब रुपैयाँको लागतमा बन्न लागेको पश्चिम सेती आयोजना मुलुकको हालसम्मकै ठूलो जलबिद्युत आयोजना हो ।
पश्चिम सेतीको लगानी र सेयरबारे बिबाद भएपछि निर्माणको जिम्मेवारी पाएको चाईना थ्रि गर्जेज अन्र्तगतको सिडब्लुई इन्भेष्टमेन्ट कम्पनी बुँदा संसोधनका लागि तयार भएको हो । संसोधनपछि आयोजना बन्ने स्थान सूदुर पश्चिमका जनतालाई १० प्रतिशत सेयर दिइने भएको छ । संसदीय समितिको निर्देशनअनुसार परियोजनालाई बहुउदेश्यीय बनाउन तराईमा सिचाईको सम्भावना र सुदूरपश्चिम क्षेत्रमा औद्योगिका बिकाश गर्ने बुँदा पनि समझदारीपत्रमा समावेश गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक प्रमाणिकरण गरेकी छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले