छात्रावासमा छात्राद्वारा आत्महत्या

११ भाद्र २०६९, सोमबार ०९:५३ मा प्रकाशित

काठमाडौं, ११ भदौ । पाल्पा तानसेनस्थित न्यु होराइजन उच्च माविको छात्रावासमा एक छात्राले आत्महत्या गरेकी समाचार प्राप्त भएको छ । स्याङ्जाको सटुका घर भई कक्षा ८ मा पढ्ने १३ वर्षीया छात्रा सदीक्षा पाण्डेयले गत शनिबार साँझ आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी गराएको हो । तानसेन ११, काजीपौवास्थित छात्रावासको कोठामा पासो लगाएको अवस्थामा पाण्डे भेटिएकी थिइन् ।
प्रहरीका अनुसार साँझपख उनीसमेत अन्य साथीले टेलिभिजनमा फिल्म हेरेको र एकाएक कोठामा पसेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । छात्राबासको तेस्रो तलामा उनले आत्महत्या गरेकी थिइन् ।साथीहरूसँग छुट्टएिको ५ मिनेटमै उनले आत्महत्या गरिसकेको अवस्था प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
छात्राका बाबुआमा रोजगारका लागि तेस्रो मुलुक कुबेत गएका छन् । अभिभावकबाट टाढा हुनुपर्दाको पीडाका साथै अन्य बेला पनि उनी एकान्तमा बस्ने, सबैसँग राम्रो नबोल्नेजस्ता कारण प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका