आजदेखि बजार अनुगमन गरिने, अनुगमन नौटंकी मात्र : उपभोक्तावादीहरु

११ भाद्र २०६९, सोमबार ०९:४४ मा प्रकाशित


काठमाडौं, ११ भदौ । बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले आजदेखि विशेष रणनीतिक योजनासहित बजार अनुगमन सुरु गर्ने भएको छ । कार्टेलिङका कारण महंगी बढेको, कालो बजारी मौलाएको तथा कमसल गुणस्तरका खाद्यान्न खुलेआम बिक्रीवितरण भइरहेको गुनासो बढेपछि विभागले अनुगमन सशक्त बनाउन लागेको हो । अनुगमन र कारबाहीको तयारीलाई अन्तिम रुप दिन सोमबार बिहानै सिंहदरबारमा बैठक बसेको थियो । बैठकमा विभागले तयार पारेको कार्ययोजना प्रधानमन्त्री बाबुराम भट्टराईलाई जानकारी गराइएको थियो ।
कालो बजारी गर्नेलाईलाई स्थलगत रुपमै तत्काल कारबाही गरिनेगरी अनुगमन सुरु गरिन लागेको विभागका अधिकारीहरुले जनाएका छन् । खुद्रापसलदेखि ठूला गोदामसम्म अनुगमन गर्नेगरी योजना बनाइएको छ भने अनुगमन टोलीमा विभाग, जिल्ला प्रशासन कार्यालय, प्रहरी र उपभोक्ता अधिकारकर्मी सहभागी हुने बताइएको छ ।
चाडबाडको मुखमा पुग्दा मात्र अनुगमनको नौटङ्की देखाउने गरेको भन्दै कतिपय उपभोक्तवादीले भने सरकारको यस कदमको आलोचना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल