एक वर्षमा प्रधानमन्त्रीले सिंहदरबार भत्तामा फोटो मात्र झुण्ड्यायो : एमाले

११ भाद्र २०६९, सोमबार ०६:४२ मा प्रकाशित

काठमाडौं, ११ भदौ । नेकपा एमालेले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार इतिहासकै भ्रष्ट भएको निश्कर्ष निकाल्दै यो सरकार सत्ता कब्जाको बाटोमा लागेको आरोप लगाएको छ । सरकारले आफ्नो एक वर्षको यात्रामा प्रधानमन्त्रीले सिंहदरबारको भित्तामा आफ्नो एक थान फोटो झुण्ड्याउने कामबाहेक अरु केही गर्न नसकेको एमालेले जनाएको छ । पार्टी कार्यालय मदननगर बल्खुमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेका नेताहरुले भट्टराई सरकारले देश र जनताको हित गर्ने एउटै पनि काम गर्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रियता अहिले इतिहासकै कमजोर अवस्थामा पुर्याएको ठहर एमालेले गर्यो ।

पत्रकार सम्मेलनमा बोल्नुहुंदै एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री हुंदा भट्टराईले ल्याउनुभएका मितव्ययिता र सुशासनका चर्का नारा फगत नारामा सिमीत भएको बताउनुभयो । यही सरकारका कारण संविधानसभा विघटन भएको, शान्तिप्रक्रिया अलपत्र परेको, राजनीतिक दलहरुमा द्वन्द्व र ध्रुवीकरणको अवस्था निम्तिएको र मुलुक कुशासनको चपेटामा फसेको विवरण एमालेले प्रस्तुत गरेको थियो । सरकारले एक वर्षको अवधिमा जनताको हितविपरित कदम चालेकोले यो सरकार नहटेसम्म राष्ट्रिय राजनीति सहमतिको बाटोमा फर्कन नसक्ने धारणा एमालेले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार