अझै उकालियो सुन–चांदीको मूल्य

११ भाद्र २०६९, सोमबार ०६:३६ मा प्रकाशित

काठमाडौं, ११ भदौ । गएको बुधबारदेखि उकालो लाग्नथालेको सुनको भाउले आइतबार नयां रेकर्ड कायम गरेको छ । गत शुक्रबार ५८ हजार ९ सय रुपैयां प्रतितोलामा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ५९ हजार १ सय ९४ रुपैयांमा कारोबार भएको नेपाल सुनचांदी व्यावसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिएका छन् । यसअघि गतहप्ताको बिहिबार सुन ५८ हजार २ सय रुपैयांमा कारोबार भएको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला ५८ हजार ६ सय पचास रुपैयांका कारोबार भएको तेजाबी सुन आइतबार २ सय ९४ रुपैयांले बढेर प्रतितोला ५५८ हजार ९ सय ४४ प्रतितोलामा कारोबार भएको थियो ।
यसैगरी चांदीको भाउ पनि आइतबार बढेको थियो । शुक्रबार प्रतितोला ११ सयमा कारोबार भएको चांदी आइतबार प्रतितोला ११ सय ५५ रुपैयांमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामै ७५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार

काठमाडौं, ७ असाेज । नेपाल राष्ट्र बैंकले नयाँ नोटको प्रयोग जतनसँग गर्न आग्रह गरेको छ । ४ असोजदेखि नयाँ नोट वितरण