बागबजारमा यौनजन्य क्रियाकलाप गर्न प्रतिबन्ध

११ भाद्र २०६९, सोमबार ०६:३४ मा प्रकाशित

काठमाडौं, ११ भदौ । यौनजन्य क्रियाकलाप न्युनीकरण गर्ने उद्देश्यले राजधानीको बागबजार क्षेत्रका गेष्टहाउसहरुमा आचारसंहिता लागू गरिएको छ । नेपाल गेष्टहाउस व्यावसायी संघद्वारा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा विशेषगरी बागबजार क्षेत्रमा यौनजन्य क्रियाकलाप बढेकोले त्यसलाई न्युनिकरण गर्दै समाप्त पार्न भन्दै सातबुंदे आचारसंहिता ल्याइएको छ । बागबजार क्षेत्रमा मात्रै करिब ६० गेष्टहाउसहरु छन् ।
आचारसंहितामा गेष्टहाउसमा बसाउनुअघि हरेक पाहुनाको फोन नंबरसहित स्पष्ट परिचय खुल्ने गरी नाम दर्ता गराउनु पर्ने, यौन बिकृतिमा लागेका तथा लागू औषधका दुव्र्यसनी, टोलक्षेत्रमा आतंक मच्चाउने जोकोहीलाई भाडामा कोठा उपलब्ध नगराउने उल्लेख गरिएको छ । यस्तै विद्यालय र कलेजको पोसाकमा आउने युवालाई कोठा उपलब्ध नगराएने, होटलमा आउने पाहुनालाई उनीहरुले पालना गर्नुपर्ने नियम बुंदागत रुपमा सूचना पाटीमा लेखि बुझाउने, आफूले गरेको पेसाप्रति आफैलाई गर्व महसुस हुने वातावरण सिर्जना गराउने पनि आचारसंहितामा उल्लेख गरिएको छ । आचारसंहितामा सुरक्षा निकायबाट हुने जांचलाई सहयोग पुर्याउने र समय–समयमा हुने आपराधिक घटनालाई ध्यानमा राखी कुन प्रहरी अधिकृत आएर जांच गरेको हो जांच गरेको हस्ताक्षर गराउने र व्यावसायीले आचारसंहिताको पूर्ण रुपमा पालना गर्नुपर्ने लगायतका बुंदाहरु उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल