एमाओबादीलाई ठेगान लगाउने खाणको चेतावनी

११ भाद्र २०६९, सोमबार ०१:०१ मा प्रकाशित

 रुपन्देही । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले एमाओबादीलाई ठेगान लगाउन आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । सरकारी साधन स्रातको चरम दुरुपयोग गर्दै सर्बसत्ताबालको सपना देखेको माओबादीलाई जनताको आन्दोलनले ठेगान लगाउने बताउनुभएको हो । राणाशासन, पञ्चायत, तथा निरंकुश राजतन्त्रलाई ठेगान लगाएका नेपाली जनताले कुनैपनि निरंकुश शासन स्विकार नगर्ने बताउनुभयो । रुपन्देहीको बुटवल वडा नं १४ को क्रियाशिल सदस्यता बितरण कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता खांणले एमाओबादीको तानाशाह प्रबृत्तिको अब जनताले छिट्टै टुंगो लगाउने बताउनुभयो । बर्तमान राजनीतिक निकासका लागि २ वटा बिकल्प मात्र रहेको उहाको भनाई छ । उहाले सहमति एउटा र अर्काे जनमत संग्रह बिकल्पको रुपमा रहेको औंल्याउनुभयो । आफ्नो पार्टीले राष्ट्रिय सहमतिका लागि एमाओबादीसंग अन्तिम आग्रह गर्दा पनि माओबादी सत्ता स्वार्थका कारण सहमतिमा नआएको उहाको तर्क छ । एकिकृत माओबादी राजनीतिमा असफल साबित भैसकेकाले उसले अब सरकार चलाउने हैसियत नराख्ने उहाँको भनाई थियो ।
अर्का केन्द्रिय सदस्य बाबुराम रानाले पार्टीमा अनुशासन आर्दश र सिद्धान्तको अझैपनि कमी रहेकोमा चिन्ता ब्यक्त गर्दै युवापुस्तालाई पार्टीको आदर्शमा लाग्न आग्रह गर्नुभयो । पूर्व बिधायक सूर्य प्रसाद प्रधानले लोकतन्त्रको बिकल्प लोकतन्त्र नै भएको बताउनुभयो । उहाले कांग्रेसलाई लोकतन्त्रको धरोहर बनाउनुपर्नेमा जोड दिनुभयो । बुटवल वडा नं १४का बुथ सभापति रत्ना बहादुर रानाको सभापतित्वमा भएको कार्यक्रममा सहासमिति सदस्य सोमनाथ शर्मा, युवराज गिरी, बिना गुरुङ, उदयराज काफ्ले, क्षेत्रिय सचिब काजिमान श्रेष्ठ, नगर सभापति खेलराज पाण्डे, जिल्ला सदस्य हरिध्वज मल्ल, मधु राई लगायले बोल्दै पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन माग गरे । सो अबसरमा आजिबन पार्टीमा जीवन अर्पण गर्ने ८ जना बयोबृद्धलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । ८४ बर्ष पूरा गरेका स्थानिय तारा ब थापा, डिनामणि भट्टराई, नामदेब उपाध्याय, भक्त ब शाहि, जयकला आचार्य, सरस्वती सापकोटा, पूर्ण ब छन्त्याल र भूमिनन्न काफ्ले रहेको छन् । कार्यक्रममा १ सय ७५ जना लाई क्रियाशिलताको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा १ दर्जन बढि युवा नेपाली कांग्रेसमा प्रबेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ