हिंसात्मक समूहले हतियार बुझाउने

११ भाद्र २०६९, सोमबार ००:३८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही,  ११ भदौ ।   विगत नौवर्षदेखि तराईमा संशस्त्र आन्दोलन गर्दै आएको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले एकमहिनाभित्र आफूसंग भएका हतियारहरु सरकारलाई बुझाएर शान्तिपूर्ण खुला राजनीति गर्न प्रतिबद्धा जनाएको छ । नेपाल सरकार शान्ति तथा पुनः निर्माण मन्त्री र मन्त्रालयका उच्च अधिकारीहरु समक्ष विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आईतवार सम्पन्न चौथो चरणको वार्तामा पाचबुदे सहमति गर्दै मोर्चाले उक्त प्रतिवद्धता जनाएको हो । गतमंसिर ८ गते मोर्चासंग भएको वार्ता एवं सहमती अनुसार मोर्चाले बुझाउन बाकी रहेका हातहतियारहरु यथाशीग्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन सहमती भएको छ । जुन जिल्लामा मोर्चाका कार्यकर्तासंग हतियार रहेका छन् सोही जिल्ला प्रशासन कार्यालयमा वुझाउने र सोको जानकारी शान्ति तथा पुननिर्माण मन्त्रालय र गृह मन्त्रालयमा दिने सहमती भएको छ । मोर्चाले यसपूर्वको वार्तामा आफूसंग भएका २० थान बन्दुक सरकारलाई वुझाएको र अव २० थान बन्दुक रहेका जानकारी गराएको थियो । सहमती पत्रमा मोर्चाको बार्ता टोलीका संयोजक एवं सदस्यहरुलाई नेपाल सरकारको तर्फबाट भरपर्दो सुरक्षाको प्रत्याभूति दिन सहमती पनि भएको छ ।

यसैगरी मोर्चाका नेता तथा कार्यकर्ताहरुको थुनुवा, वन्दी एवं मुद्धाको अद्यावधिक विवरण मोर्चाले शान्ति तथा पुननिर्माण मन्त्रालयमा शिघ्र बुझाउने, यसअघिभएका सहमतीहरु दुवैपक्षबाट कार्यान्वयन गर्ने सामुहिक प्रतिवद्धता सहित सहमती गरेका छन् । आगमी वार्ता आवश्यकता अनुसार आपसी सहमतीमा तय गर्ने भएका छन् । विश्व शान्तिका अग्रदत गौतम बुद्धको जन्मस्थल लुम्विनीको ओक्के होटलमा तीनघण्टासम्म भएको उक्त वार्तामा सरकारको तर्फबाट शान्ति तथा पुनःनिर्माण मन्त्रि टोपबहादुर रायमाझीको नेतृत्वमा शान्ति मन्त्रालयका सचिव धुव्र प्रसाद शर्मा र सहसचिव दिपेन्द्रनाथ शर्मा सहभागी हुनुन्थ्यो । यसैगरी मोर्चाको तर्फबाट मोर्चाका संयोजक संजय गुप्ता (कौटिल्य)को नेतृत्वमा रविदत्त मिश्र (राजगुरु), सत्यनारायण शाह सहभागी थिए । मोर्चासंग भएको वार्ता र सहमतीबारे संचारकर्मीहरुलाई जानकारी दिदै शान्ति मन्त्री रायमझीले भने– वार्ता सकारात्मकढंगले ५ बुदे सहमति भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री