यहाँ यस्तै छ -कोमल भट्ट

१० भाद्र २०६९, आईतवार १९:५१ मा प्रकाशित

समयको परिवर्तनता संगसँगै ,
मानव जीवन पनि परिवर्तन हुँदोरहेछ ।
हिजोलाई धेरैले बिर्संदा रहेछन ,
वास्तविकता त दन्त्यकथा पो बन्दोरहेछ ।

बलेको आगो ताप्ने त रीत नै हो यहाँ,
निभ्नेको अस्तित्व नै कहाँ जोगिएको हुन्छ ?
धर्ती त गजक्क परेझैं लाग्छिन ,
इतिहासले पनि पल्टा खाइसकेको हुन्छ ।

हिजोको अति प्रभावशाली मान्छे पनि ,
आज तन्नम भिखारी भैसकेको हुन सक्छ ।
आफ्नाहरुले पनि गिज्याउन थाले पछि,
यो विसाल संसारमा बेसहारा भएको हुन्छ ।

स्वारथै-स्वार्थले जकडिएर त होला ?
कयौं मान्छेहरु बैगुनी भएका छन् ।
गुण र योगदानलाई चटक्कै बिर्सिसके,
असल र खराब पनि चिन्न छाडेका छन् ।

अभिन्न मित्रता देखावटी भैसक्योकी क्याहो ?
आत्मीयता पनि चीज् सङ्ग दाँज्न थालेछन ।
बन्धुत्व त बाध्यता जस्तै भयेछ क्यारे ?
मौका पर्दा कहिल्यै पनि आफ्नो ठान्दैनन् ।

सच्चाईले सँधै कुटिनु पर्दो रहेछ यहाँ ,
इमान्दारीता र नैतिकता धुरु-धुरु रोएका छन् ।
रगत र पसिना त निशुल्क बिक्री हुँदोरहेछ ,
अन्यायका बिरुवाहरु झन्-झन् मौलाएका छन् ।

नाताहरु देखासिकी मात्रै हुन् कि क्याहो ?
“मुखमा राम राम ,बगलीमा छुरा “भएका छन् ।
यस्तै नै रहेछ क्यारे यहाँको चाला माला ,
अरुलाई एकल्याउँदा आफू पनि एक्लिएका छन् ।
(कोमल भट्ट ,न्युयोर्क )

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार