नारायणहिटीमा गणतन्त्र स्मारक बनाईने, प्रचण्ड पुत्रको लुम्बिनी सगरमाथा अभियानलाई दुई करोड

३ चैत्र २०६८, शुक्रबार ०५:२९ मा प्रकाशित

काठमाडौ, ३ चैत । पछिल्लो समयमा विवादित बनेको कर्मचारी सरुवाको तालिकालाई सरकारले परिवर्तन गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले माघ, फागुण र चैत महिनामा सरुवा गर्ने गरिएको भए पनि अब भने आर्थिक बर्षको सुरुवातसँगै साउन, भदौ र असोजमा सरुवा गरिने भएको छ । त्यसैगरी यसपटकको सरुवा प्रक्रिया विवादित बनेकोले सरकारले चैत्र, बैशाख र जेठ महिनासम्म सरुवा प्रक्रियालाई लम्ब्याउने भएको छ । त्यसकोलागी त्यस्तै सरकारले निजामति सेवा नियमावलीमा दशौँ संशोधन गर्ने निर्णय गरेको छ । सरुवाबढुवा मनलाग्दी भएको भन्दै आलोचना हुन थालेपछि सरकारले नियमावलीमा संशोधन गर्दै सरुवा बढुवालाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।
मन्त्री परिषदको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकास दाहालले नेतृत्व गरेको लुम्बिनी सगरमाथा शान्ति यात्राकोलागी दुई करोड रुपैया दिने निर्णय पनि गरेको छ । लुम्विनी सगरमाथा शान्ति अभियान २०१२ को टोलीमा  प्रचण्डपुत्र प्रकाश लगायत ११ जना सम्मिलित छन् ।
त्यसैगरी बैठकले नारायणहिटी दरवारको पूर्व क्षेत्रको ८२ रोपनी जग्गामा गणतन्त्र स्मारक निर्माण गर्ने र त्यसकोलागी आवश्यक रकम सम्पूर्ण अर्थमन्त्रालयले विनियोजन गर्ने निर्णय पनि बैठकले गरेको छ । आजको बैठकले शिक्षामन्त्रालयका सहसचिव फणिन्द्र पाठकलाई मन्त्रालयकै अर्को विभागमा सरुवा गर्ने निर्णय पनि गरेको छ ।
यस्तै अखिल नेपाल कानून व्यवसायीहरुको आजदेखि सुरु भएको सम्मेलनको सहयोगार्थ ७ लाख रुपैँया उपलब्ध गराउने निर्णय भएको भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रीपाठीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले