पहिरोले स्कूल र पच्चीस घर बगायो

१० भाद्र २०६९, आईतवार १९:३६ मा प्रकाशित

काठमाडौं, १० भदौ । संखुवासभा जिल्लाको उत्तरी हटियामा शनिबार राति पानीसँगै आएको पहिरोले एउटा विद्यालयसहित दुई दर्जन घर बगाएको छ । हटिया २ हुङगुङस्थित गुवासेसा निमाविको भवन पहिरोमा परेको बताइएको छ भने पहिरोले विद्यालयको तीनमध्ये दुइवटा भवन बगाएको स्थानीयले बताएका छन् । विद्यालय भवन बगाएपछि एकसाताका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयबाट झरेको पहिरो ले थप २५ घर पुरेकोसमेत बुझिएको छ ।
पहिरोबाट २५ घरका २ सय परिवार विस्थापित भएका छन् भने घरमा पालेका वस्तुभाउको उद्घार समेत गर्न नभ्याएको बताइएको छ ।
लामो खडेरीपछि पानी पर्दा गाउँ चिराचिरा भएको छ । जहाँसुकै पहिरो गएको स्थानीयले बताएका छन् । बाँकी २० परिवार घर छोडेर नजिकैका बारीमा अस्थायी कटेरा बनाएर बसेका छन् । घटनास्थलमा हटिया चौकीका प्रहरी परिचालन गरिएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट ४० कोष उत्तरमा पर्छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको