राजनीतिक समझदारी गरी अघि बढ्ने तीन दलको सहमति

१० भाद्र २०६९, आईतवार १९:३० मा प्रकाशित

काठमाडौं, १० भदौ । सेना समायोजन लगायतका विषयमा छलफल गर्न आज बसेको प्रमुख तीन दलको बैठकमा गतिरोध अन्त्यका लागि राजनीतिक समझदारी गरी अघि बढ्ने सहमति भएको छ ।
सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकमा विश्वासको वातावरण तयार पार्न नया सिराबाट अघि बढ्नॆ सहमति पनि भएको छ । सहमतिको राजनीति अघि बढाउन निरन्तर बैठक गर्ने निष्कर्षमा पनि दलका नेताहरु पुगेका छन् । बैठकमा कांग्रेस र एमालेका नेताहरुले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको गठबन्धनप्रति कडा आपत्ति जनाएका थिए ।
अहिले सम्म दलहरुबीच छलफल हुन नसक्दा शान्ति प्रकि्रया र संविधान निर्माण प्रकि्रया अन्योलमा परेको छ । संविधान सभा विघटन भएपछि दलका नेताहरु आरोप प्रत्यारोपमा लागेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल