नयां रणनीतिका साथ एमाले गाउं पस्ने पोखरेलको दाबी

१० भाद्र २०६९, आईतवार १८:५६ मा प्रकाशित

काठमाडौं, १० भदौ । एमालेका सचिव शंकर पोखरेलले व्यवस्थापिका संसदको निर्वाचन गरेर त्यसले नै संविधान निर्माणका बाँकी कामलाई पूरा गर्नुपर्ने तर्क प्रस्तुत गरेका छन् । आइतबार प्युठानको विजुवारमा भएको पत्रकार सम्मेलनमा मन्तव्य राख्दै पोखरेलले अब जनताको विचमा जानुको विकल्प नभएको बताए ।
निर्वाचनलाई विवादको विषय बनाउन नहुने सुझाव दिंदै उनले विगतका सहमतिबाट माओवादी पछि हटेकाले अन्तिम समयमा संविधान निर्माण अबरुद्ध भएको दाबी पनि गरे । माओवादीले जातीय राज्य लाद्न खोज्दा संविधानसभाले संविधान दिन नसकेको उनको भनाइ थियो । पोखरेलले सेना समायोजन र पुनःस्थापना दुई वटा विकल्पको बीचमा माओवादी नेताले नै लडाकुलाई सम्पत्ति मोह देखाएकोले सवैले अवकास रोजेको बताए ।
नयाँ विचार र रणनीतिका साथ एमाले अब गाउँ गाउँमा जाने उद्घोष गरेका नेता पोखरेलले सत्तारुढ दलले गठन गरेको मोर्चाले विपक्षीदलहरुलाई वार्तामा ल्याउने भन्दा मुठभेडको अवस्था निम्त्याउने बताउँदै सरकारमा रहने र सडकबाट विचारको प्रतिवाद गर्ने कुरा कदापी स्वीकार्य नहुने तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता