पूंजी पलायन भए पनि देश घाटामा छैन : प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खनाल

१० भाद्र २०६९, आईतवार १८:२५ मा प्रकाशित

काठमाडौं १० भदौ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालले नेपालमा वस्तु विनिमय बजारको विकास भए पनि अहिलेसम्म नियमनको लागि ऐन र निकायको अभाव भएको भन्दै यसबाट फाइदा लिन तत्काल ऐन र नियमनकारी निकायको आवश्यकतामा जोड दिएका छन् । राजधानीमा आईतवार आयोजित एक साक्षात्कार कार्यक्रममा सल्लाहकार खनालले विचौलियाहरुबाट बचाउँदै कृषकलाई आफ्नो उत्पादनको सही मुल्य प्राप्त गर्न बस्तु विनिमय बजारको महत्व रहेको भन्दै अहिलेसम्म भारतीय बस्तु बजारमा लगानी गरेर केही पूंजी पलायन भएको आशंका रहे पनि पूंजी नै पलायन भएर मुलुकलाई घाटा भएको अवस्था भने नदेखिएको स्पष्ट पारे ।
नेपालको बस्तु बजार आवश्यकता भन्दा ठूलो भएकोले यसले कालान्तरमा अर्थतन्त्रमा गम्भीर असर पार्ने दाबी गर्दै तत्कालै राज्यले बजार नियमनको लागि उचित कदम चाल्नुपर्ने आवश्यकता औल्याए । उनले अहिले नै यस बजारलाई नियमन गरेर परदर्शी नबनाए भविष्यमा ढुकुटी लगायतका कारोवार जस्तै भयावह स्थिति खडा हुने चेतावनी दिए ।
सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा मिनबहादुर श्रेष्ठले बस्तुको मुल्यमा स्थीरता ल्याउन बस्तु विनिमय बजारको आवश्यकता रहेको भन्दै बस्तु बजारमा राज्यको नियमनको खाँचो औल्याए । उनले बस्तु बजारले ब्याजदर र तरलतामा प्रभाव पार्ने उल्लेख गर्दै उनले विदेशी मुद्राको विषयलाई लिएर राष्ट्र बैंकले अनुगमन गरिरहे पनि अहिलेसम्म त्यस्तो त्यस्तो कुनै कारोवार भएको आफूहरुले नपाएको बताए ।
नेपाल धितो पत्र बोर्डका कार्यकारी अध्यक्ष बाबुराम श्रेष्ठले बस्तु बजारमा कारोवार गर्ने गरी ५२ वटा संस्था औपचारिक रुपमा दर्ता भईसकेको ले यसको प्रभावकारी नियमन जरुरी भइसकेको बताए भने मर्कन्टाईल एक्सचेन्ज नेपाल लिमिटेडका एमडी दिपेन्द्र खतिवडाले बस्तु विनिमय बजारको विकासले उत्पादकले उचित मुल्य पाउने र कम मुल्याङकन गरेर ठगी गर्ने प्रथाको अन्त्य गरेर यसलाई नियमन गरी विकास गर्नु पर्ने तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी

तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता