टोरोन्टोबासी भारतिय सहित नेपाली सम्मानित

१० भाद्र २०६९, आईतवार १८:१६ मा प्रकाशित

टोरोन्टो । नेपाली तथा एसियन कम्युनिटीलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने समाजसेवी नेपाली तथा भारतीयलाई टोरोन्टो नेपाल डटले शुक्रवार एक कार्यक्रमबीच सम्मान प्रदान गरेको छ । २००९ देखि क्यानाडामा समाचार तथा मनोरञ्जनात्मक सामग्रीहरु उत्पादन तथा अनलाईन प्रशारण गर्दै आएको टोरोन्टो नेपाल डक कमले दोश्रो वार्षिक सम्मान साँझ २०१२ समारोहमा सो सम्मान प्रदान गरिएको हो ।

शुभकामना इंकको व्यानरमा संचालित टोरोन्टो नेपाल डक कम सम्मान साँझमा क्यानाडाका लागि नेपाल राजदुत डा. भोजराज घिमिरेले नेपालीहरुलाई सम्मान गर्दै टोरोन्टो नेपाल डट कमले नेपाली कम्युनिटीलाई मात्र नभएर एसियनलाई समेत समेटेकोमा प्रशंसा गर्नु भयो । उहाँले क्यानाडा भएका घटनालाई समाचारको रुपमा नेपाली भाषामा प्रकाशित गरेर सबै नेपालीको मन जित्न सफल भएको उल्लेख गर्नु भयो ।

सम्मान साँझका विषेश अथिति सिटी काउन्सीलर, सिटी अफ ब्राम्पटन (९ तथा १०) भिक्की ढिलोनले ब्राम्पटन र भारतियलाई मात्र नभएर नेपालालाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आजको युगमा मिडिया र स्वंयसेवीहरुको ठूलो भूमिका रहेको उल्लेख गर्दै टोरोन्टो नेपाल डट कम तथा नेपाल र नेपालीको सफलताको कामना व्यक्त गर्नु भयो ।

सो अनलाइन मिडियाका संचालक ईश्वर थापाले नेपाली तथा भारतियको सहयोगमा यो सम्मान साँझ आयोजना गर्न सफल भएको बताउनु भयो । काम गरेर बचत भएको समयमा नेपाली कम्युनिटीको सम्बर्द्धन गर्न आफूले सानो प्रयास शुभारम्भ गरेको जनाउँदै यसलाई प्रभाककारी रुपमा अगाडि बढाउने विस्वास व्यक्त गर्नु भयो ।

समाजसेवी तथा नेपालीज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एनसीएनसी) का महासचिव पशुपति पोखरेलले टोरोन्टो नेपाल डट कमको सक्रियताले नै सेती नदिमा आएको बाढिबाट विस्थापितहरुलाई राहत स्वरुप १ हजार ५ सय डलर संकलन गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा सम्मानित हुनेहरुमा नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानाडा (एनसीएनसी), नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसीसीएस), गैर आवासीय नेपाली संघ क्यानाडा, मगर संघ, आमा समूह, लालि गुराँस क्लब माल्टन, नेपाल कप, कलाकार तथा पत्रकार, स्वंयसेवी समाजसेवीलगायत रहेका छन् ।

त्यस्तै, मिस साउद एसिया २०१२, तथा क्यानेडियन भारतिय समाजसेवी र कलाकारसमेत सम्मानित भएका छन् । गायिका नलिना चित्रकार र डान्सर आशा कार्कीको प्रस्तुतिले दोश्रो चरणको सांगीतिक कार्यक्रमले सहभागीलाई पूर्ण मनोरञ्जन दिएको थियो । गायक रवि निउरे, बालिका गायक क्षिरिन्ग डोल्मा र दुई वर्षिय माल बादक आर्यान बास्कोटा र बाँसुरी बादक प्रदिप बास्कोटाले पनि कला प्रस्तुत गर्नु भएको थियो ।
सम्मानित हुनेहरुलाई राजदुत घिमिरे र सिटी काउन्सीलर भिक्की ढिलोनले ट्रफि प्रदान गर्नु भएको थियो । अघिल्लो वर्षबाट शुरु भएको सम्मान साँझ आउँदो वर्ष पनि निरन्तरता दिइने थापाले जनाउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र