मेरिल्याण्डमा एक नेपाली युवाले गरे आत्महत्या

१० भाद्र २०६९, आईतवार १८:१२ मा प्रकाशित

मेरिल्याण्ड । मेरिल्याण्ड राज्यको राजधानी शहर एन्नापोलिस भन्ने ठाउंमा बस्दै आएका कृष्ण केसी नामका एक नेपाली युवाले आत्महत्या गरेका छन् । शुक्रवार राती करीब नौ बजेतिर उनी घरबाट बाहिर निस्केका थिए । धेरैबेरसम्म नफर्केपछि उनका भतिज र ज्वाईंले उनको फोनमा सम्पर्क प्रयास गरेका थिए । फोन नउठेपछि राती नै उनीहरुले प्रहरीलाई कृष्ण हराएको बारे जानकारी गराए र राती करीब ११ बजेतिर प्रहरी उनी बसेको अपार्टमेन्टमा पुगेर आवश्यक जानकारी लिएर फर्केको थियो । रातभर नफर्केपछि शनिवार बिहानै उनको खोजीमा निस्केका उनका आफन्त र नातेदारले कहीं फेला पार्न नसकेपछि घर फर्कदै गर्दा अपार्टमेन्ट नजिकै प्रहरीको गाडी देखे । उनीहरुले प्रहरीसंग सोधपुछ गर्दा अपार्टमेन्ट नजिकैको एक रुखमा पासो लगाई आत्महत्या गरेको अवस्थामा मृतक केसीको शव फेला परेको प्रहरीले जानकारी दियो ।
करीव ३५ वर्षीय मृतक केसीको शव पोष्टमार्टमका लागि हाल बाल्टिमोर डाउनटाउनस्थित एक अस्पतालमा राखिएको छ । नेपालको कास्की जिल्लास्थित कास्कीकोट गाविस वडा नम्वर ६ काउलेका मृतक केसी विगत करीब डेढ वर्षदेखि आफन्त र नातेदारसमेत रहेको एन्नापोलिस शहरमा बस्दै आइरहेका थिए । केसीका एक श्रीमती, एक छोरा (करीब ११ वर्ष) र एक छोरी (तीन वर्षीया) नेपालमै छन् । भाई,भतिज,ज्वाईं र अन्य आफन्तसंगै एन्नापोलिसमा बस्दै आएका उनी करीब दुई हप्ता न्यूयोर्कमा बसेर तीन दिन पहिलेमात्र एन्नापोलिस फर्किएका थिए । यसअघि त्यहींको एक सेभेन इलेभेन स्टोरमा काम गर्दै रहेका उनी कागज बनाउने क्रममा न्यूयोर्क गएको उनका ज्वाईं भरत थापाले ग्लोब नेपाल डट कमलाई जानकारी दिए । उता न्यूयोर्कस्थित रिजउड नेप्लिज सोसाईटीका अध्यक्ष श्री पराजुलीले मृतक केसी रिजउडमै उनका आफन्त साजन केसीकोमा बसेको जानकारी दिंदै भने- म उनलाई सामान्य चिन्छु, गत शनिवार मेरी श्रीमतीले आयोजना गरेको एक कार्यक्रममा उनी निकै सक्रिय भएर सहयोग गरेका थिए । अलि रिजर्भ जस्तो देखिने उनको कागजी प्रक्रिया अघि बढिरहेको थियो । सोसल सेक्युरिटी र वर्क परमिट समेत प्राप्त गरिसकेका केसीले किन आत्महत्या गरे भन्ने बारे केही प्रष्ट हुन सकेको छैन ।

उनको कागजी प्रक्रियामा सहयोग गरिरहेका पराजुली भन्छन्- केसीको केस पेंडिंगमा थियो । मैले थाहा पाएसम्म उनी अलि डिप्रेश थिए र त्यसबाट छुटकारा पाउन केही औषधी सेवन समेत गर्दथे । मेक्सिको हुँदै अमेरिका छिरेका उनी नेपालदेखि नै अलि डिप्रेश थिए । तर मृतक केसीका भतिज लक्ष्मण केसीले चाहिं यस बारेमा केही बताउन चाहेनन् । ग्लोब नेपाल डट कमको फोन सम्पर्कमा उनले आफू अहिले केही बोल्न सक्ने अवस्थामा नरहेको बताए । ‘भोली चिकित्सकले पोष्टमार्टम रिपोर्टका लागि बोलाएको छ, त्यसपछि मात्र के भएको हो भन्न सकिन्छ’शनिवार साँझ ग्लोब नेपालसंग लक्ष्मणले भने । मृतक केसी न्यूयोर्कबाट फर्केर भतिज लक्ष्मणसंग उनकै कोठामा बस्दै आएका थिए । बिहीवार दिउँसो उनी घुम्दै ज्वाईं भरत थापाले काम गर्ने स्टोरमा पुगेका थिए । त्यहाँ आफुले पिज्जा अर्डर गरेर दुवै जनाले पिज्जा खाएको बताउंदै भरतले भने- त्यो बेला उहाँ राम्रै अवस्थामा हुनुहुन्थ्यो । अब आफू पहिले काम गरेकै सेभेन इलेभेन स्टोरमा फर्केर काम गर्न लागेको आफुसंगको कुराकानीमा बताएको भरतले जानकारी दिए । ‘तर शुक्रवार रातीदेखि हराएका ससुराको शनिवार बिहानै अपार्टमेन्ट नजिकै लाश देख्दा सपना जस्तै लाग्यो ‘ भरतले भावविव्हल हुँदै फोनमा भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र