श्रीमती मारेर रातारात जलाइयो

१० भाद्र २०६९, आईतवार १८:०५ मा प्रकाशित

पर्सा, १० भदौ । आफ्नै पत्नी तथा बुहारीलाई कुटपिट गरी हत्या गर्ने दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा जगन्नाथपुर–५ स्थित सुदपुर बस्ने २० बर्षीया उन्तिमा देवी महतोलाई गत ६ गते राति उनकै श्रीमान रामेश्वर महतो लोनिया र ससुरा सिताराम महतोले कुटपिट गरी हत्या गरेका थिए । हत्या गरेर घरदेखि १ कि.मि. टाढा उत्तरमा पर्ने भलुवाई नदीको किनारमा सोही राती बाबुछोरा मिलेर उन्तिमाको लाससमेत जलाएको प्रहरी अनुसन्धानमा खुलेको छ । सोसम्बन्धी जानकारी पाउनेवित्तिकै जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली खटिएको थियो भने टोलीले घटनास्थलमा लास जलाएको प्रमाणित हुने खरानी तथा कोइला, कानमा लगाउने सुनको टप १ थान, घाँटीमा लगाउने मालाको दाना ५ वटा, हातको जलेको टुक्रा र जलेको जुटको टुक्राहरु फेलापारेको थियो । अभियुक्तहरुको घर तलासी गर्दा टिनको ड्रममा लुकाई राखेको अवस्थामा अंदाजी ५५ के.जी. लागू औषध गाँजा समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा