कर्मचारी युनियनद्वारा कर्मचारीमाथि आक्रमण

१० भाद्र २०६९, आईतवार १७:५८ मा प्रकाशित

काठमाडौं, १० भदौ । अजब नेपालको गजब चाला भनेर उहिल्यै भीमनीधि तिवारीले व्यंग्य कविता लेखेका थिए । त्यसैलाई चरितार्थ तुल्याउने काम हाम्रो समाजका विभिन्न निकाले बेलाबेलामा गर्दै आएका छन् । यसैको पछिल्लो रुप श्रम विभागको कार्यालय मिनभवनमा कार्यरत कर्मचारीहरुले दर्शाएका छन् । नेपाल निजामती कर्मचारी युनियनका पदाधिकारीहरुले आइतबार मिनभवनस्थित श्रम विभागको कार्यालयका कर्मचारीहरुमाथि हातपात र कार्यालय तोडफोड गरेको विभागस्रोतले जनाएको छ । कर्मचारी युनियनका जिम्मेवार पदाधिकारी हौं भन्ने पदाधिकारीहरु सचिव गोपाल पोखरेल, जितबहादुर मडै, उपाध्यक्षद्वय रुद्र खनालसहितको एक जत्थाले विभागका कर्मचारी ना.सु. विनोद अधिकारी, शाखा अधिकृत भवानी थपलिया, खरिदार होमकुमारी शर्मा, कार्यालय सहयोगी मीना थपलियामाथि उनीहरुकै कार्यकक्षमा प्रवेश गरी गुण्डाशैलीमा आक्रमण गरेको आरोप पीडितहरुले लगाएका छन् । आक्रमणकारी जत्थाले आइतबार कार्यालयभित्र प्रवेश गरेलगत्तै त्यहाँ कार्यरत कर्मचारीहरुमाथि अपशब्द बोल्ने, लछारपछार गर्ने र जागिरै खाइदिने सम्मको धम्की दिएका थिए । महिला कर्मचारीमाथि पुरुष कर्मचारीले हातपात गर्नु, अपशब्द बोल्नु र लात्तीले ढोका हिर्काउनेसम्मका क्रियाकलाप गरेको उनीहरुको कथन छ । यस घटनाले कर्मचारी युनियनलाई ट्रेड युनियनको इतिहासमै नालायक युनियनको रुपमा स्थापित गरेको छ । युनियनका पदाधिकारीहरुको आक्रमणले आतंकित विभागका कर्मचारीहरुले प्रहरीलाई गुहारेका थिए भने डिएसपीको नेतृत्वमा आएको प्रहरी टोलीले आक्रमणलाई नियन्त्रण गरेको बताइएको छ । कर्मचारीहरुबाटै भएको यस घटनालाई विभिन्न संघ–संस्था, ट्रेड युनियनहरुले खेद प्रकट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ । आज (बिहीबार) दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको