राष्ट्र संघका महासचिवलाई नेपाल भ्रमणको निम्तो पठाए प्रधानमन्त्रीले

३ चैत्र २०६८, शुक्रबार ०५:२७ मा प्रकाशित

काठमाडौ, ३ चैत । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको बृहत्तर विकासको सरकारले संयूक्त राष्ट्र संघका महासचिव बान कि मुनलाई नेपाल ल्याउन प्रधानमन्त्री डा बाबुराम भट्टराई स्वयमले निम्ता पत्र लेखेका छन् ।
आज बसेको लुम्बिनी विकासकालागी गठित समितिको बैठकमा प्रधानमन्त्रीले कुटनीतिक पहल मार्फत महासचिव मुनलाई नेपाल भ्रमणको निम्तो पठाएका हुन । सो समितिको आज बसेको बैठकले मुनको नेपाल भ्रमण र कपिलबस्तु, रुपन्देही र नवलपरासीलाई एकीकृत शान्ति सहरको रुपमा विकास गर्नकालागी आवश्यक तयारी गर्ने निर्णय गरेको डा मिनेन्द्र रिजालले जानकारी दिए । बैठकले रिजाललाई प्रवक्ताको रुपमा समेत तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न